Logo
१३ बैशाख २०८१, बिहीबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीको भ्रमण केन्द्रले रोकेपछि अमेरिका स्थित आयोजक संस्थाको आपत्ति, निर्णय सच्याउन दबाब

काठमाडौँ, जेठ ७ : केन्द्रीय सरकारले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई अस्वीकृत गरेपछि राउतलाई अमेरिका आमन्त्रण गर्ने संस्था मधेसी एसोसिएशन इन अमेरिका (एमएए) ले आपत्ति जनाएको छ ।आगामी मे २५–२६ मा अमेरिकाको न्युयोर्क सहरमा हुन लागेको एमएएको पहिलो साधरण सभाका लागि राउतलाई निम्ता गरिएको थियो ।

आयोजक संस्थाले भने आफ्नो मुख्यमन्त्रीलाई स्वागत गर्न आफूहरु आतुर रहेको जनाउँदै केपी ओली नेतृत्वको सरकारलाई आफ्नो निर्णय सच्याउन दबाब दिने बताएको छ । कार्यक्रममा संयोजक सतेन्द्र साहले सरकारमाथि कसरी दबाब बनाउन सकिन्छ भनेर सुझाव पनि मागेका छन् ।

तर, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमणलाई स्वीकृति दिएन । प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका थिए ।

बाँस्कोटाले भनेका थिए, ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका भन्ने एनजिओको निम्तामा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउन प्रदेश मन्त्रिपरिषद्को प्रस्ताव आएकोमा अहिले प्रदेशभित्रै आर्थिक वर्ष २०७५/७६ को नीति, बजेट निर्माण तथा कार्यक्रम लगायतका संगठनात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्नुपर्ने समय परेकोले जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ।’

पछिल्लो प्रकरणले केन्द्र र प्रदेशबीचको टकराव सतहमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला गरेको मुख्यमन्त्रीले गरेको लिखित भाषणलाई लिएर प्रधानमन्त्री केपी ओली असन्तुष्ट देखिएका थिए । त्यहाँबाट शुरु भएको विवाद अहिले उनको भ्रमण अस्वीकृतसम्म पुगेको छ ।

आइतबार मात्रै प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेशलाई असफल बनाउन चौतर्फी प्रयास भैरहेको बताएका थिए । असफल बनाउन अग्रस्थानमा कर्मचारी रहेको भन्दै मुख्यमन्त्री राउतले यो प्रदेश असफल हुनु भनेको संघीयता असफल हुनु भएको बताएका थिए ।

महोत्तरीको बर्दिवासमा प्रदेश २ भौतिक योजना तथा पूर्वधार मन्त्रालयले आयोजना गरेको सकड र ऊर्जा बिषयक तीनि तथा योजना निर्माण कार्यक्रममा बोल्दै उनले संघीयतालाई बचाइराख्न हरेक कदम चाल्ने बताएका थिए । मोदी भ्रमणका बेला मुख्यमन्त्रीले दिएको अभिव्यक्तिको सामाजिक संजालमा पनि आलोचना भएको थियो ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्