Logo
१५ चैत्र २०८०, बिहीबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी थाहा पाइन्छ बिहेअघि केटीले अरुसंग यौन सम्पर्क गरे-नगरेको

विवाहपूर्व यौनसम्पर्क राखिएको कुरा थाहा पाउन निकै गाह्रो छ । पुरुषलाई महिलाको यौनाङ्गका सम्बन्धमा सामान्य जानकारी भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरुप यस्तै थियो भन्ने थाहा हुँदैन । त्यसैले सामान्य तवरले यौनसम्पर्क राखिसकेको, नराखिसकेको वा योनि छुट्याउन गाह्रो हुन्छ । यसमा हाइमेन (योनिच्छद) लाई आधार मान्न सकिन्छ तर त्यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ ।

के हो हाइमेन ?

एक अध्ययन अनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ त्यसैले पनि विश्वभर विवाहको पहिलो रात हाइमेन च्यातिएर महिलाको रगत बग्नुपर्छ भन्ने कपोकल्पित मान्यता छ । त्यसो त हाइमेन पूरै वा आंशिक रूपमा बाह्य योनिद्वार ढाक्ने पातलो झिल्ली हो । यही हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो ।

नेपालमा गरिएको एक अध्ययनअनुसार १४ दशमलव ८ प्रतिशत पुरुष तथा ७ दशमलव ५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न मिल्ने, १२ प्रतिशत पुरुष तथा १० प्रतिशत महिलाले विवाह पूर्व यौनसम्पर्क राखेकोसँग विवाह गर्न सकिने, कतिपय पुरुष र महिलाले डेटिङका बेला यौन सम्बन्ध राखेको तथ्य खुलाए पनि सर्वेक्षणमा सहभागी शहरी क्षेत्रकै करिब ८२ दशमलव ७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

महिनावारीका बेला यौनसम्पर्क

नवदम्पतीका अन्य जिज्ञासाहरूमा महिनावारीका बेला यौनसम्पर्क राख्नुहुन्छ कि हुँदैन भन्ने पनि हुन्छ । विवाहकै पहिलो रात वा मधुमासका बेला महिनावारी भैदियो भने उनीहरू द्विविधामा पर्छन् । त्यसो त महिनावारी केटीबाट किशोरावस्थामा पुगेपछि तथा वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो ।

महिनावारी आपैंmमा कुनै अपवित्र वा दूषित कुरा होइन । नेपाली समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन अझै कायम छ । महिनावारीका बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास समेत छ ।

महिनावारीका बेला स्वस्थ्य दम्पतीबीच यौनसम्पर्क राख्न मिल्छ । मासिक श्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्‍याउँदैन । यद्यपि रगतको मात्रा बढी भए यौनसम्पर्क राख्नु हुँदैन । यस्तो बेला योनिरस वा महिनावारीको रगत मिश्रित श्राव गन्ध केही पृथक हुन्छ । कतिपय पुरुषलाई त्यस्तो गन्ध अप्रिय लाग्न सक्छ ।

महिनावारी हुँदा कतिपय महिलाले कमजोर वा थकित महसुस गर्ने हुनाले यौनेच्छा नहुनसक्छ । त्यसैले महिला पार्टनरको ईच्छा विपरीत करबल गर्नु हुँदैन ।

पुरुष पार्टनरले आफ्नो स्वार्थीपन नदेखाई आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौनसम्पर्क राख्नु उपयुक्त हुन्छ । महिनावारीको बेला योनि भेदन नगरी वैकल्पिक यौन उपायहरू अपनाएर पनि दम्पतीले यौन आनन्द प्राप्त गर्न सक्छन् । साप्ताहिकबाट

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्