Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीप लामिछाने सुरुमै बलिङमा, मुम्बईका सूर्यकुमार आउट

काठमाडौँ : इन्डियन प्रिमियर लिग अन्तरगत मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने सुरुमै बलिङमा आएका छन् । पहिले ब्याटिङ गर्दै दिल्लीले १७४ रन बनाएपछि ब्याटिङमा आएको मुम्बईविरुद्ध सन्दीपले बलिङको अवसर पाएका हुन् ।

सन्दीपले मुम्बईका ओपनर सूर्यकुमार यादवलाई ४ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन पठाएका छन् । पहिलो र दोस्रो बलमा बाउन्ड्री गएपछि चौथो बलमा सन्दीपले सूर्यकुमारलाई आउट गरेका हुन् ।

शुक्रबार मात्र उनले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सविरूद्ध ४ ओभरमा २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए। आईपीएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्।

सन्दीपले यसअघि अघिल्लो शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरूद्ध ‘डेब्यु’ गरेका थिए।

उनले सो क्रममा ४ ओभरमा २५ रनमात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्वव्यापी चर्चा बटुलेका थिए। यद्यपि दिल्लीले उक्त खेल हारेको थियो।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्