Logo
६ बैशाख २०८१, बिहीबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय झण्डाको स्वरूप बिगारिएको सम्बन्धमा कर्मचारीको स्पष्टिकरणबारे मन्त्रीलाई बिफ्रिङ

काठमाडौं : राष्ट्रिय झण्डाको स्वरूप विगारेको भन्दै सोधिएको स्पष्टिकरणको जवाफ प्रदेश नम्बर २ का कर्मचारीले मन्त्रालयमा पठाएका छन् ।

चार जना कर्मचारीले पठाएको लिखित जवाफ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसमक्ष पेश गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए।

प्रदेश २ का सचिव हरि फुयाँल, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जनकपुर उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र आन्तरिक मामिला मन्त्रालयका सचिवलाई स्वरूप विगारिएको झण्डा कसले ?, कुन प्रयोजनका लागि राखेको? भन्ने खुलाउन मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरणमा कर्मचारीहरूले कसले झण्डा राखेको हो? भन्ने हेक्का नभएको उल्लेख गर्दै मिडियामा समाचार आएपछि मात्रै आफूहरूले जानकारी पाएको बताएका छन् । ‘कर्मचारीले पठाएको स्पष्टिकरणबारे मन्त्रीज्यूलाई बिफ्रिङ गरिएको छ,’ उनले भने, ‘थप के गर्ने? भन्ने निर्णय केही भएको छैन।’

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किट उद्घाटन गर्दा स्वरूप बिग्रिएको झण्डा राखिएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्