Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडाध्यक्षले दिए स्थानीय एक महिलालाई थुक चाट्ने सजाय

महोत्तरी : पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएका हुन् । आफूमाथि वडाध्यक्षले कुटपिटसमेत गरेको पीडित साहले बताइन् ।

गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् । आफूले खुट्टा समाएर माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्न लगाएको साहले बताइन्  । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्