Logo
८ बैशाख २०८१, शनिबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना नागरिक फिर्ता गर्न दक्षिण कोरियालाई उत्तर कोरियाको आग्रह

प्योङयाङ: उत्तर कोरियाले दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न माग गरेको छ ।

करिब दुई वर्षअघि आफ्नो देशका ती नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीहरुले अपहरण गरेर लगेको बताएका उत्तर कोरियाको भनाई छ ।

ती महिलालाई मुक्त गरी स्वदेश फिर्ता गर्न उत्तर कोरिया सरकारले माग गरेको उत्तर कोरियास्थित रेडक्रस सोसाइटीका प्रमुखलाई उद्धृतगर्दै उत्तर कोरियाको सरकारी समाचर समिति केसिएनएले जनाएको छ ।

ती महिलालाई दक्षिण कोरिया विरोधी क्रियाकलापमा लागेको भनेर अपहरण गरिएको थियो । उनीहरुलाई उत्तर कोरियाबाट नभएर उनीहरु कार्यरत रहेको अर्कै देशबाट अपहरण गरेर त्यहाँ ल्याइएको थियो ।

उक्त अपहरणको उत्तर कोरियाले सो समयमै विरोध गरेको थियो । उनीहरुलाई तुरुन्त रिहा गरेर पछिल्लो समयमा विकसित शान्ति र सौहार्द वातावरणको सम्मान गर्न उत्तरले आग्रह गरेको हो ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्