Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशक राजेश रोशन ‘कृष ४’ र ‘कृष ५’ लाई ‘बाहुबली’ स्टाइलमा रिलिज गर्दै

एजेन्सी: ‘बाहुबली’ को अपार सफलताले भारतीय बक्स अफिसमा यस्तो छाप छाडेको छ, जसलाई बलिउडले आजसम्म ताड्न सकेको छ । तर अब रितिक रोशन यो रेकर्ड तोड्नका लागि तयार छन् । रितिकको फिल्म ‘कृष २’ र ‘कृष ३’ ले बक्सअफिसमा राम्रो कमाई गरेको थियो ।

अब रितिकका पिता तथा निर्देशक राजेश रोशन ‘कृष ४’ र ‘कृष ५’ लाई ‘बाहुबली’ स्टाइलमा रिलिज गर्दैछन् । रिपोर्ट्सका अनुसार, राजेश रोशनले आफ्नो दुई फिल्मलाई एकसाथ प्रदर्शन गर्ने निर्णय लिएका छन् । चाँडै यस विषयमा आधिकारिक घोषणा हुँदैछ ।

फिल्म ‘बाहुबली’ को जस्तै गरि ‘कृष ४’ र ‘५’ एकसाथ बन्नेछ भने रिलिज पनि त्यही स्वरुपमा हुनेछ । ‘बाहुबली’ का निर्देशक राजामौलीले ‘बाहुबली द बिगनिंगु को समयमा नै ‘बाहुबली द कनक्लूजन’ को घोषणा गरेका थिए । अब राजेश रोशन पनि त्यही बाटोमा हिँड्दैछन् ।

‘कृष’ सिरिजको सुरुवात २००३ मा आएको फिल्म ‘कोई मिल गया’ बाट भएको थियो । यो फिल्ममा पहिलो पटक एलियनको कन्सेप्टमा काम गरिएको थियो । यो फिल्ममा रितिक मुख्य भूमिकामा थिए । करीब ३० करोडमा निर्माण भएको यो फिल्मले भारतीय बक्सअफिसमा ८३ करोडको कलेक्सन गरेको थियो ।

यो कहानीलाई अगाडि बढाउने क्रममा वर्ष २००६ मा ‘कृष’ निर्माण भयो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । करीब ४० करोडको लागतमा बनेको यो फिल्मले भारतीय बक्सअफिसमा ७२ करोड कमाएको थियो ।

यसपछि वर्ष २०१३ मा ‘कृष ३’ रिलिज भयो । करीब ९४ करोडमा निर्माण गरिएको यो फिल्मले भारतीय बक्सअफिसमा २३५ करोडको कलेक्सन गरेको थियो । ‘कृष’ सिरीज रितिकका लागि सधै नै खास हुने गर्दछ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्