Logo
८ बैशाख २०८१, शनिबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिल झाको चिन्ता : हामी कुन सरकारमा जाने ?

काठमाण्डौ, जेठ ६ : राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले आफ्नो दल तत्काल सरकारमा जाने वातावरण नबनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा बोल्दै झाले अहिलेको सरकारलाई अरु दलको आवश्यकता नै नरहेको बताए ।

“कुन सरकारमा जाने ? बहुमतको सरकार छ । नेपाल कम्युनिष्ट पार्टीको पर्याप्त बहुमतसहितको सरकार छ ।” झाले भने । राजपालाई सरकारमा लिएर जाने आवश्यका अहिलेको सरकारलाई नभएको उनको तर्क छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा राजनीतिक कुराकानी नभएको झाले दाबी गरे । भ्रमण तालिका नै दुई घण्टा ढिलो भएकोले भेटघाट पनि प्रभावकारी बन्न नसकेको झाले बताए ।

“संक्षिप्त कुराकानी भयो । राजनीतिक कुरा भएन । उहाँ तीर्थयात्रीको रुपमा आउनुभएको थियो ।” झाले भने । चुनावमा जितेर प्रदेश नम्बर दुईमा चुनाव सरकार बनाउन सफल भएकोमा मोदीले आफूहरुलाई बधाई दिएको उनले बताए ।

मोदीले सरकारमा सहभागि हुने विषयमा कुनै सुझाब वा दबाब नदिएको झाले दाबी गरे । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अस्वस्थ भएकाले पार्टी केही कामहरु प्रभावित भएको बताएका छन् ।

पार्टीभित्र कुनै पनि विषयमा विवाद नभएको जिकिर गर्दै झाले ठाकुरको स्वास्थ्य अवस्था सामान्य भएपछि पार्टीको काम कारबाहीले तिब्रता पाउने बताए ।

झाले अब केही दिनमा नै संसदीय दलको नेताको चुनाव गरिने बताए । संयोजनक ठाकुर अस्वस्थ भएपछि उपचारका लागि भारत गएपछि दलको नेता चयनमा ढिलाई भएको उनले बताए ।

“अहिले उपचार गरेर आइसक्नुभएको छ । पूर्ण स्वस्थ बन्नुभएको छैन । उहाँ स्वस्थ भएपछि दलको नेता चयन हुन्छ ।” झाले भने ।

दलको नेता को हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने झाले बताए । दलको नेता निर्वाचित सासंदहरुले चयन गर्ने भएकाले अहिले केही भन्न नसकिने उनले बताए ।

प्रतिनिधिसभा सदस्य मस्यौदामा फौजदारी अभियोग लागेका सासंदलाई निलम्बन गर्ने भन्ने विषय आफैमा विवादित भएको तर आफूहरुले विवाद नगरेको झाको भनाई छ ।

“जुन मान्छेलाई चुनाव लड्न दिइन्छ, जितेपछि सांसद हुन दिने कि नदिने ?” झाले प्रश्न गरे । “निर्वाचनभन्दा अघि गरेको कामलाई आधार बनाएर निर्वाचन जितेपछि निलम्बन गर्ने कि नगर्ने ?”

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्