Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई पाँच विकेटले हरायो

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई पाँच विकेटले हराएको छ । यो जितसँगै कोलकाता प्लेअफमा पुगेको छ ।

हैदरावादले दिएको १७३ रनको विजय लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । कोलकाताको जितमा क्रिस लिनले ५५ रन बनाए । आईपीएलमा उनको यो सातौं अर्धशतक हो । उनले प्लेयर अफ दि म्याचको अवार्ड पनि पाए ।

आईपीएलको जारी ११ औं संस्करणमा पहिलो पटक खेलेका कार्लोस ब्रेथलेटले २ विकेट लिए । सिद्धार्थ कौलले पनि समान २ विकेट झारे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । उसको लागि शिखर धवनले सर्वाधिक ५० रन बनाएका थिए ।

क्रिस लिन र सुनिल नरेनले कोलकाताको सुखद शुरुआत गरेका थिए । दुवैले ३ ओभर ४ बलमा ५२ रनको साझेदारी गरे । नरेनले १० बलमा २९ रन बनाए । उनी शाकिब अल हसनको बलमा आउट भए । नरेनपछि क्रिस लिनले रोबिन उथप्पासँग दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । क्रिस लिनलाई सिद्धार्थ कौलले मनिष पाण्ड्याको हातबाट क्याच आउट गराए । रोबिन उथप्पा ४५ र आन्द्रे रसेल ४ रन बनाएर आउट भए ।

ओपनर शिखर धवन र श्रीवत्स गोस्वामीले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । गोस्वामी ३५ रन बनाएर कुलदीप यादवको बलमा आन्द्रे रसेलको हातबाट क्याच आउट भए । उनले चार चौका र एक छक्का प्रहार गरे । उनीपछि क्रिजमा आएका कप्तान केन विलिम्सनले १७ बलमा ३६ रन बनाएर जेवोन सियरल्सको बलमा आउट भधए । युसुफ पठानले केबल ४ रन बनाउन सके ।

हैदरावादका लागि अन्तिम ओभर राम्रो रहेन । अन्तिम ओभरमा उसल चार विकेट गुमायो । पहिलो बलमा प्रसिद्ध कृष्णले मनिष पाण्ड्यालाई आउट गरे । त्यसपछि चौथो बलमा शाकिब अल हसन र पाँचौ बलमा राशिद खानलाई आउट गरे । अन्तिम बलमा भुवनेश्वर कुमारलाई दिनेश कार्तिकले रन आउट गरे ।

आईपीएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्