Logo
१२ बैशाख २०८१, बुधबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुइ तिहाईको दम्भ नदेखाउन ओली सरकारलाई निधिको चेतावनी

पर्सा, ५ जेठ : नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं. २ का नवनिर्वाचित पदाधिकारीलाई आज वीरगन्जमा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराइएको छ ।

हालै सम्पन्न भएको प्रदेश अधिवेशनबाट लक्ष्मणप्रसाद कुर्मीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका ३३ जना पदाधिकारी तथा सदस्यलाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा निर्वाचन अधिकृत रामाशिसप्रसाद यादवले पद तथा गोपनियताको शपथ दिलाई पदभार ग्रहण गराउनुभएको हो । सो अवसरमा उपसभापति निधिले दुइतिहाईको दम्भ देखाउनुभन्दा संघीय प्रणालीलाई बलियो बनाउन केन्द्र सरकारलार्ई सुभाव दिनुभयो ।

उहाँले छ वटा प्रदेश, स्थानीय तहदेखि केन्द्रमा समेत बहुमत रहेको दम्भ देखाउन छोडी मन्त्रीबाहेक कुनै पूर्वधारण नरहेको संघहरुलाई संगठन र संरचनाको उपकरण दिई बलियो बनाउने तर्फ सोच्न सरकारलाई आग्रह गर्नुभयो ।

नेता निधिले मुलुकमा अहिले सबै दल लोकतान्त्रिक हुनुलाई नेपाली राजनीतिको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दहाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश नं. २ का विधायक ओमप्रकाश शर्मा, शंकर चौधरीलगायत वक्ताले मजदुरको जीवनस्तरमा सुधार नभएसम्म मुलुक समृद्ध हुनै नसकिने बताउनुभयो । (रासस)

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्