Logo
१५ चैत्र २०८०, बिहीबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्नाटक : १०४ सिट जितेका BJP का यदुरप्पाले दिए राजिनामा, तेस्रो पार्टीका नेता बने मुख्यमन्त्री

भारतस्थित कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका छन् । कर्नाटकको चुनावी परिणामसँगै देखिएका केही नाटकीय घटनाक्रमका बिच अब कांग्रेस र उसको सहयोगी दलले सरकार बनाउने सम्भावना देखिएको छ ।

भारतीय न्यूज च्यानल एबिपि न्यूजका अनुसार  हालै भएको चुनावमा सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी (बीजेपी) ले बहुमत पुर्याउन भने सकेको थिएन । १५ दिन भित्र विश्वासको मत लिनुपर्ने थियो । यस अबस्थामा काँग्रेस र उसको सहयोगी गठबन्धनसँग सहज बहुमत भए पनि त्यहाँका राज्यपालले सबैभन्दा ठूलो दल भाजपालार्इ नै सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेका थिए ।

भोलिपल्ट यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिए । तर, सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश दियो ।

आज शनिबार बीजेपीले बहुमत पुष्टि गर्नुपर्ने थियो । भाजपाले तेस्रो दल जेडीएसका सांसदलार्इ प्रलोभन दिएरै भए पनि बहुमत पुर्याउन कोसिस गरेको भन्दै काँग्रेस र जेडीएसले अाफ्ना सांसदलार्इ शहरभन्दा टाढा लगेर लुकाएका थिए । १०४ सांसद मात्र रहेको भाजपाले अन्ततः बहुमत पुर्याउन सकेन र मुख्यमन्त्री यदुरप्पाले राजीनामा दिए ।

अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्