Logo
१२ बैशाख २०८१, बुधबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै बलरलाई पछि पार्दै सन्दीप उक्लिए शीर्ष स्थानमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल)को जारी सिजनमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट इकोनोमीमा बलिङ गर्ने खेलाडीको सुचिको शीर्ष स्थानमा उक्लिएका छन्।

शुक्रबार राति चेन्नई सुपरकिंग्सविरुद्ध आइपीएलमा आफ्नो दोस्रो खेल खेलेका सन्दीप आइपीएलका सबै बलरलाई पछि पार्दै उत्कृष्ट इकोनोमीका साथ शीर्ष स्थानमा उक्लिएका हुन्।

दुवै खेलमा ८ ओभर बलिङ गरेका सन्दीपले ४६ रनमात्रै खर्चेर २ विकेट लिएका थिए। उनको इकोनोमी ५.७५ को मात्रै छ।

बलरहरुले उनीहरुले खर्चेको रनको अाधारमा इकोनोमी रेट निकालिन्छ। कम रन खर्चदै प्रभावशाली बलिङ गर्ने खेलाडीहरु शीर्षस्थानमा पर्छन्। बलरहरुको उत्कृष्टताको मापन गर्ने एक मुख्य अौजार उनीहरुको इकोनोमी रेट हो।

उनीसँगै उत्कृष्ट इकोनोमीको सुचिमा राजस्थान रोयल्सबाट खेलिरहेका न्यूजिल्याण्डका इशा सोधी दोस्रो स्थानमा छन्। उनको १५ ओभर बलिङ गरेका उनको इकोनोमी ५.९३ को छ। उनले ४ विकेट लिएका छन्।

सोही सुचिमा सनराइजर्स हैदरावादका सन्दीप शर्मा(६.३१), राजस्थानका डीआक्र्री सोर्ट(६.३३) र मुम्बईका जसप्रित बुम्राहा(६.८६) क्रमशः तेस्रो चौथो र पाँचौ स्थानमा छन्।

सन्दीपले शुक्रबार चेन्नइविरुद्ध ४ अोभर बलिङ गर्दै २१ रनमात्रै खर्चेर १ विकेट लिएका थिए। जसमा उनले १० बल डट फालेका थिए। यस्तै त्यसअघि डेब्यू खेलमा उनले बैंग्लोरविरुद्ध ४ अोभरमा २५ रन खर्चदै १ विकेट लिएपछि उनी उत्कृष्ट इकोनोमीको पहिलो सुचिमा अाएका हुन्।

टिमको ११अौं अोभरमा अाफ्नो दोस्रो अोभर फाल्न अाएका सन्दीपले ६ रनमात्रै खर्चिएका थिए। भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरे। धोनी र रैना सन्दीपको उक्त अोभरमा तीन-तीन सिंगल रनमात्रै लिन सकेका थिए।

दिल्लीले दोस्रो ओभरमा सन्दीपको हातमा बल थमायो। यस ओभरमा अस्ट्रेलियन शेन वाट्सनले सन्दीपका सवै बल खेले। दोस्रो बलमा २ रन लिनबाहेक उनले अन्य बलमा एक रनपनि लिन सकेनन्।

चेन्नइका कप्तान तथा पूर्व भारतीय राष्ट्रिय टोलीका कप्तान महेन्द्रसिंह धोनी, भारतीय राष्ट्रिय टोलीका सदस्य सुरेश रैना, अस्ट्रलियाका पूर्व विश्व नम्बर १ अलराउण्डर शेन वाटसनविरुद्ध सन्दीपले बलिङको मौका पाए।

शेन वाटसनले सन्दीपको पूरै एक अोभर खेले। जसमा ५ बल डट खाएर २ रनमात्रै लिन सके। चेन्नइको पारीको सुरुवात शेन वाटसनले गरेका थिए। दिल्लीले दोस्रो अोभरमा सन्दीपको हातमा बल थमायो। सो अोभरको पूरै ६ बल वाटसनले सन्दीपको खेले। तर, मात्र २ रन लिन सके, त्यो पनि दोस्रो बलमा। बाँकी ५ बल वाटसनले डट खेलेका थिए।

त्यसपछि सन्दीप सोझै ११अौं अोभरमा बलिङमा अाए। त्यसभन्दा अघि नै वाटसनलार्इ सातौं अोभरमा अमित मिश्राले पवेलियन फर्काइसकेका थिए।

धोनीविरुद्ध सन्दीप: ६ बल ५ रन

सन्दीपले टोलीको ११अौं अोभरमा पहिलो बल लिएर अाउँदा क्रिजमा थिए, भारतलार्इ विश्वकप दिलाएका पूर्व कप्तान महेन्द्रसिंह धोनी। धोनी पहिलो, तेस्रो र पाँचौ बलमा एक-एक रन दौडिए। यस अोभरमा सन्दीपका ३ बल खेल्दै धोनीले ३ रन लिए।

१४अौं अोभरमा सन्दीप अाफ्नो तेस्रो अोभर लिएर अाए। यस अोभरमा सन्दीपको तेस्रो बलमा धोनी एक रन दौडिएका थिए। बाँकी बल उनले खेल्न पाएनन्।

१७अौं अोभरमा अन्तिम अोभर लिएर अाएका सन्दीपको २ बल सामना गरेका धोनीले १ रनमात्रै लिन सके। चौथो बलमा एक रन लिएका धोनीले अन्तिम बलमा डट खेलेका थिए।

रैनाविरुद्ध सन्दीप: ४ बल, ३ रन, १ विकेट

रैनासँग सन्दीपको भेट उनको दोस्रो अोभर(टिमको ११अौं) अोभरमा भएको थियो। उक्त अोभरको तीन बल खेलेका रैना ३ रन दौडिएका थिए। दोस्रो, चौथो र अन्तिम बलमा रैनाले १-१ रनका लागि दौडिएका हुन्।

अाफ्नो तेस्रो ओभर(टिमको १४अौं) को पहिलो बलमै सन्दीपका अगाडी थिए रैना। सोही बलमा सन्दीपले रैनालार्इ १५ रनमा खेलिरहेका बेला विजय शंकरको हातबाट क्याच गराउँदै सफलता हात पारेका थिए।

पहिलो बलको पहिलो बल पार्थिव पटेलले खेले त्यसमा एक रन लिए। दोस्रो बलमा मोइन अलिले कुनै रन लिन सकेनन। तेस्रो बलमा अलिले १ रन लिए।

चौथो बलमा पटेलले कुनै रन लिन सकेनन्। पाँचौ बलमा बार्इ मार्फत ४ रन गयो र अन्तिम बलमा पनि पटेलले कुनै रन लिन सकेनन्।

दोस्रो अोभरमा ट्रेन्ट बोल्टले मोइन अलिलार्इ पवेलिएन फर्काइसकेका थिए। उनको ठाउँमा क्रिजमा अाएका थिए, विराट कोहली।

व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो अोभर लिएर अाएका सन्दीपले पहिलो बल नै विराट कोहलीलार्इ फाल्ने भए। अाधुनिक क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान विराट कोहलीविरुद्ध बलिङ गर्नु सन्दीपका लागि एेतिहासिक क्षण थियो।

सन्दीपको पहिलो बलमा विराटले कुनै रन लिन सकेनन्। दोस्रो बलमा १ रन दौडिए। तेस्रो बलमा क्रिजमा अाएका पटेलले सन्दीपलार्इ चौका प्रहार गरे। जुन सन्दीपलार्इ ब्याटसम्यानलार्इ प्रहार गरेको पहिलो चौका थियो।

लगत्तै चौथो बलमा सन्दीपले बदला पनि लिए, पटेललार्इ एलबिडब्लूको धरापमा पारेर। अाइपीएलमा सन्दीपको यो एेतिहासिक उपलब्धि रह्यो।

सन्दीपको पाँचौ बल भर्खरै क्रिजमा अाएका अाधुनिक क्रिकेटका अर्का महान खेलाडी एबी डिभिलियर्सले खेले। उक्त बल र छैटौं बलमा डिभिलिर्सले कुनै रन लिन सकेनन्।

पहिलो दुर्इ अोभरमा सन्दीपले ७ रनमात्रै दिएर १ विकेट लिए। पहिलो दुर्इ अोभरमा सफल बलिङ गरेका सन्दीपको स्थानमा पाँचौ अोभरमा दिल्लीले हर्षल पटेललार्इ ल्यायो।

तर उनी पहिलो अोभरमै महँगा भए।पहिलो अोभरमा १० रन खर्चेपछि पुन: टोलीको सातौं अोभरमा सन्दीपलार्इ फेरि दिल्लीले बल थमायो।

पहिलो बलमा कोहलीले उनलार्इ चौका प्रहार गरे। तर, उत्कृष्ट पुनरागमन गर्दै उनले बाँकी ५ बलमा ३ रनमात्रै दिए।

दोस्रो बलमा विराटले रन लिन सकेनन। तेस्रो बलमा १ रन लिए। चौथो बलमा डिभिलियर्स, पाँचौ बलमा कोहली र छैटो बलमा डिभिलिर्यसले एक रनमात्रै लिन सके।

दिल्लीले १२अौं अोभरमा सन्दीपलार्इ चौथो अोभर थमायो। पहिलो चार बलमा डिभिलियर्स र कोहलीले १-१ रनमात्रै लिन सके। पाँचौ बलमा डिभिलियर्सले सन्दीपलार्इ छक्का प्रहार गरे। भने पाँचौ बलमा कुनै रन लिन सकेनन्।

यसरी सन्दीपले चार अोभरको स्पेलमा २५ रन मात्रै खर्चिएर १ विकेट लिदै‌ उत्कृष्ट बलिङ गरे। उक्त खेलमा सन्दीपले विराट कोहली र एबी डिभिलियर्सविरुद्ध कस्तो बलिङ गरे त?

न्दीपले विराट कोहली र एबी डिभिलियर्सविरुद्ध परिपक्वता देखाएका थिए।

विराटविरुद्ध सन्दीप: ८ बल, ९ रन

डेब्यू ब्वाइ सन्दीपलार्इ दिल्लीले पहिलो अोभरमै बलिङमा लगाएको थियो। पहिलो अोभरमा उनले ६ रन खर्चे। दोस्रो अोभरमा सहकर्मी ट्रेन्ट बोल्टले मोइन अलिलार्इ पवेलिएन फर्काएपछि क्रिजमा विराट कोहली अाएका थिए।

व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो अोभर लिएर अाएका सन्दीपको विराटसँगको पहिलो भेट त्यही थियो। अाधुनिक क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान विराट कोहलीविरुद्ध बलिङ गर्नु सन्दीपका लागि एेतिहासिक क्षण थियो।

यसअोभरमा विराटले सन्दीपको २ बल सामना गरे भने १ रनमात्रै लिन सके। सन्दीपको पहिलो बलमा विराटले कुनै रन लिएनन्। दोस्रो बलमा १ रन दौडिएका थिए। यसअोभरमा विराटविरुद्ध सन्दीपको भेट यति नै थियो।

दिल्लीले टोलीको ७अौं अोभरमा सन्दीपलार्इ व्यक्तिगत तेस्रो अोभर लिएर पठायो। यस अोभरमा विराटले सन्दीपका ४ बलको सामना गरे। यसमा १ चौकासहित ६ रनमात्रै बटुल्न सके।

अोभरको पहिलो बलमा नै कोहलीले चौका प्रहार गरे। दोस्रो बलमा कुनै रन लिन सकेनन्। तेस्रो र पाँचौं बलमा एक रन दौडिएका थिए।

दिल्लीले १२अौं अोभरमा सन्दीप चौथो अोभर लिएर अाए। यस अोभरमा विराटले सन्दीपका २ बल सामना गरे भने २ रनमात्रै लिन सके। दोस्रो र चौथो बलमा विराट १-१ रन दौडिएका थिए।

यसरी विराटलार्इ ८ रन फालेका सन्दीपले ९ रनमात्रै खर्चिए।

डिभिलियर्स विरुद्ध सन्दीप: ८ बल, ८ रन

व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो अोभरको दोस्रो बलमा विराटले एक रन लिएपछि क्रिजमा अाएका पार्थिव पटेलले सन्दीपलार्इ चौका प्रहार गरे। जुन सन्दीपलार्इ ब्याटसम्यानलार्इ प्रहार गरेको पहिलो चौका थियो।

लगत्तै चौथो बलमा सन्दीपले बदला पनि लिए, पटेललार्इ एलबिडब्लूको धरापमा पारेर। अाइपीएलको डेब्यू खेलमा सन्दीपले लिएको यही एउटा विकेट रह्यो। पटेल अाउट भएसँगै क्रिजमा अाएका थिए, अाधुनिक क्रिकेटका अर्का महान खेलाडी एबी डिभिलियर्स।

अोभरका बाँकी दुर्इ बल खेलेका डिभिलियर्सले कुनै रन लिएनन्। अर्थात सन्दीपले डिभिलियर्सलार्इ पहिलो दुर्इ बलमा खाता खोल्न दिएनन्।

दिल्लीले टोलीको ७अौं अोभरमा सन्दीपलार्इ व्यक्तिगत तेस्रो अोभर लिएर अाएका थिए। यसअोभरमा पनि डिभिलियर्सले सन्दीपका २ बल खेले। जसमा २ रनमात्रै जोडे। सन्दीपको उक्त अोभरको चौथो र छैटौं बलमा डिभिलिर्यसले १-१ रनमात्रै लिन सके।

टोलीको १२अौं अोभरमा सन्दीप व्यक्तिगत अन्तिम अोभर लिएर अाएका थिए। पहिलो बलमा क्रिजमा रहेका डिभिलिर्यसले १ रन लिए। दोस्रो बलमा विराटले, तेस्रो बलमा डिभिलियर्सले र चोथो बलमा विराटले पुन एक रन लिदै डिभिलियर्सलार्इ क्रिजमा ल्याए।

अाइपीएलमा शनिबार विहानसम्म वेष्ट इकोनोमी भएका बलरहरु:

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्