Logo
७ बैशाख २०८१, शुक्रबार
(May 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार फिल्म ‘हैरान’शुक्रबार भयो रिलिज

काठमाडौं शुक्रबार नेपाली फिल्म ‘हैरान’ एक्लै रिलिज भएको छ । पछिल्लो समय चलचित्र संघ र निर्माता संघको आन्दोलनको कारण उक्त डेटमा अन्य फिल्मले आउने घोषणा गरेका थिएनन् भने घोषित फिल्म पनि डेट सारेका थिए । तर वार्ता सफल भएपछी हैरान मात्र रिलिज हुने एक्लो फिल्म देखिएको छ । शुक्रवार रिलिज हुने फिल्मले नयाँ गीत सार्वजनिक गरेको छ ।

सार्वजनिक दाग छैन अब जुनमा पनि’ मा चन्द्रमणि भट्टराईको शब्द , किरण कंडेलको संगीत र युबराज चौलागाई , इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमा निश्मा र गजित विष्ट फिचर्ड छन् । ‘फिल्म रिलिज हुदैछ , वार्ताको सफलतापछी एउटा आश थपिएको छ’ निर्माता तथा कलाकार गजित विष्टले बताए ।

फिल्मको सार्वजनिक ट्रेलर , टिजर र गीतसंगीतको पाएको रेस्पोन्सले भने गजित उत्साहित छन् । ‘हाम्रो म्याटरलाई जसरि दर्शकले रुचाउनु भएको छ , यसले हामीलाई उत्साहित भने पक्कै बनाएको छ’ गजितले भने ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ । मोडलिङमा रमाउँदै गरेकी आरोही यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् ।डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रकाशित मिति: May 18, 2018

प्रतिक्रिया दिनुहोस्