Logo
८ बैशाख २०८१, शनिबार
(May 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : चालू आर्थिक वर्षको बजेट सदनमै अड्कियो बजेट

जनकपुर :  प्रदेश–२ को सरकारले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि घोषणा गरेको बजेट तथा नीति योजना कार्यक्रम बीच बाटोमै अँडकिएको छ । सदनमा सरकारले पेस गरेको बजेट कार्यान्वयन नहँुदा विकास निर्माणका सबै कामकाज ठप्प छन् । बजेट पास नभएकोले प्रदेशको तर्फबाट हुने कुनैपनि नीति तथा कार्यक्रमहरु अगाडि बढ्न नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादवले सरकारको तर्फबाट चालू आर्थिक वर्षको बाँकी अवधिको लागि १ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गरेका थिए । त्यसमा प्रदेशसभाका प्रत्येक सांसदलाई आफ्नो क्षेत्रमा विकास निर्माणका लागि १०÷१० लाख रुपैयां दिने बजेट ल्याइएको छ । तर झण्डै एक महिना बितिसक्दा पनि अहिलेसम्म बजेट कार्यान्वयन हुन सकेको छैन् ।

बजेट कार्यान्वयनको पक्षमा सरकार तदारुक्ताका साथ अगाडि बढ्न नसकेको भन्दै प्रदेशसभा सदस्यहरुले गुनासो गरेका छन् । चालू आर्थिक वर्षको बजेट बाटोमै अँडकिएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर साहको भनाइ छ । ‘बजेट पास गरेको झण्डै एक महिना भयो,उनलेभने,‘तर अहिलेसम्म बजेट हातमा आइसकेको छैन् ।’प्रदेश सरकार कछुवा तालमा हिडिरहेको उनको आरोप छ ।

सत्तापक्षकै सांसद प्रह्लाद गिरीले सरकारको काम प्रति आफू असन्तुष्ट रहेको जनाए । ‘बहुमत हुँदापनि खै किन यो सरकार विकास निर्माणका काममा ढिला सुस्ती गरीरहेको छ । उनले भने,‘कम्तीमा चाँडै बजेट देउ, समय छैन् ।’ कहिले कार्यबिधि बन्छ र अब कहिलेदेखि हामी काम सुरु गर्ने, उनले प्रश्न गरे ।

बजेट कार्यान्वयनका लागि कार्यविधि तयार भइरहेको अर्थमन्त्री बिजय यादवले बताए । उनका अनुसार अहिलेसम्म कार्यवधि तयार नभएको कारणले गर्दा कार्यान्वयनमा आउन नसकेको हो । तर पूर्णरुपमा बजेट भने कार्यान्वयनको तयारी मा छ । मुख्यमन्त्रीज्यू बाहिर रहेको कारणले कार्यबिधि तयारीमा ढिलाइ भइरहेको अर्थमन्त्री एवम सरकारका प्रबक्ता यादवको भनाइ छ ।

तर, राजपाका महामन्त्री एवम प्रदेशसभा सदस्य मनिष सुमनले अहिलेसम्म बजेट पास नभएको बताए । बजेट सदन पेस भएको छ , त्यसमा छलफल भइरहेको छ, उनलेभने छलफल पनि अन्तिम चरणमा छ ,बजेट चाँडै पास हुन्छ ।’बजेट पास भइसकेपछि कार्यबिधि तयार हुने र त्यसपछि त्यो रकम चलाउन पाइने व्यवस्था रहेको उनको भनाइ छ । उनका अनुसार १०÷१५ दिन अझै यस्तै प्राविधिक कुरा मिलाउनमा नै लाग्छ । सरकारले चालू आर्थिक वर्षको २ महिनाको लागि बिभिन्न शिर्षकमा १ अर्ब २ करोडको बजेट ल्याएको छ । बजेट कार्यान्वयन र विकासमा खर्च गर्नको लागि डेढ महिना समयमात्र बाँकी रहेको बताइन्छ । अर्थात असार मसान्तभित्र अनुगमन,निरिक्षणसहितका सबै काम गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले यो वर्षको बाँकी अवधिको लागि मुख्यतःकृषि,शिक्षा,सडक,स्वास्थ्य लगायतको शिर्षकमा बजेट बिनियोजन गरेको छ ।

बजेट सनदमा टेबल भएपनि आर्थिक कार्यबिधि मस्यौदा भने अहिलेसम्म पास हुन सकेको छैन् । त्यो पनि सदनमै अँडकिएको छ । आर्थिक मस्यौदा पास नहुँदा पनि बजेट चलाउन पाइने व्यवस्था रहेको अर्थमन्त्री यादवको तर्क छ । उनका अनुसार संक्रमणकालको अवस्थामा बजेट पास नहुँदा र आथिक कार्यबिधि नहुँदा पनि सरकारले चाहेको खण्डमा खर्च गर्न सक्छ । अली असगर देवान (अन्नपूर्णपोष्ट)

प्रकाशित मिति: May 17, 2018

प्रतिक्रिया दिनुहोस्