Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु नपर्ने सर्वोच्चको आदेश

काठमाण्डौँ : कतिपय स्थानीय सरकारले जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमामात्र पढाउनुपर्ने नियम बनाएकोमा सर्वोच्च अदालतले त्यस्तो नियम कार्यान्वयन नगर्न आदेश दिएको छ। स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका डिल्ली आचार्यले दिएको रिटमा मंगलबार कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश दिएको हो।

यो अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे बहस गर्न दुवैपक्षलाई अदालतले जेठ ६ गते बोलाएको छ। आचार्यले आफ्नी श्रीमति जनप्रतिनिधि भएकैले स्थानीय सरकारको निर्णय मान्नु पर्ने र उक्त निर्णयले छोराछोरीको शिक्षा सम्बन्धी हकबाट बञ्चीत भएको भन्दै रिट दिएका थिए।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्