Logo
८ बैशाख २०८१, शनिबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

ईडन गार्डनमा राजस्थानले दिएको १४३ रनको लक्ष्य कोलकाताले ४ विकेटको क्षतिमा १८ ओभरमा हासिल गर्‍यो । क्रिस लिनले सबैभन्दा धेरै ४५ र दिनेश कार्तिकले ४१ रन बनाए । राजस्थानका बेन स्टोकले ४ ओभरमा १५ रन दिएर ३ विकेट झारे ।

यसअघि टस हारेर व्याटिङ गरेको राजस्थानले ९ ओभरमा १४२ रनमा अलआउट भयो । जोस बटलरले सबैभन्दा धेरै ३९ रन बनाए । बलिङतर्फ कोलकाताका कुलदिप यादवले चार विकेट लिए । उनलाई प्लेयर अफ दि म्याच घोषित गरियो । यो जितसँगै कोलकाता १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । जबकी १२ अंकसहित राजस्थान चौथो स्थानमा छ ।

राजस्थानले २००८ पछि ईडन गार्डनमा कोलकातालाई हराउन सकेको छैन । अब दुवै टिमलाई प्लेअफमा पुग्नका लागि आफ्नो अन्तिम म्याच जित्नैपर्ने भएको छ ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्