Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपुरथिमिका नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने पक्राउ

काठमाण्डौँ : मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नगरपालकिाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । तीन साता अगाडि थिमी नगरपालिका प्रमुख मदसुन्दर श्रेष्ठ माथि आक्रमण भएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई हाल भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताव सिंहले सेतोपाटीलाई जानकारी दिए ।

नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी बोगटीसँगै प्रहरीले दुई थान मोटरसाइकल, पाँच थान मोबाइल, १३ थान सिमकार्ड, पार्टीका विभिन्न पर्चा, पम्प्लेट तथा चन्दा रसिद बरामद गरेको महाशाखाले जनाएको छ । पक्राउ परेका बुढाथोकीलाई कर्तव्य ज्यानमा मुद्दा चलाईने एसएसपी सिहले बताए।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्