Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै कान्छा निर्देशक सौगात विष्टको दोस्रो निर्देशकीय फिल्म ‘हैरान’ यही शुक्रवारबाट देशैभर प्रदर्शन

काठमाण्डौ: ८ वर्षको उमेरमा ‘लभ यू बाबा’ फिल्म निर्देशन गरेर गिनिज वर्ल्ड रेकर्डमा विश्वकै कान्छा निर्देशनको रुपमा नाम लेखाएका निर्देशक सौगात विष्टको दोस्रो निर्देशकीय फिल्म ‘हैरान’ यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । पहिलो निर्देशकीय फिल्म बक्सअफिसमा असफल भएपनि दर्शकबाट ुवर्ड अफ माउथु राम्रो मिलेको थियो ।

अब उनी ‘हैरान’ ले दर्शकलाई हैरान बनाएपनि दर्शकले आफूलाई हैरान नबनाउनेमा ढुक्क छन् । उनी भन्छन्, ‘म ‘हैरान’ हेर्न जानुस् भन्दिनँ । पहिला ‘लभ यू बाबाु युट्युबमा हेर्नुस् । राम्रो लागे ‘हैरान’ हेर्नुस् नराम्रो लागे नहेर्नुस् । मेरो काम कस्तो छ यसबाटै मुल्यांकन गर्न सक्नुहुन्छ ।’ उनी ‘लभ यू बाबाु लाई युट्युबमा अत्याधिक रुचाइएका कारण ‘हैरान’ ले दर्शकको साथ उत्साहजनक पाउनेमा निर्धक्क छन् ।

फिल्ममा झण्डै १ दर्जन कलाकारहरुको लिड रोल छ । सबैलाई मिलाएर काम गर्न कति गाह्रो भयो रु भन्ने फिल्मीखबरको प्रश्नमा सौगात भन्छन्, ुफिल्ममा ११ जना लिड क्यारेक्टर हुनुहुन्छ । उहाँहरुलाई एउटै फ्रेममा राखेर काम गर्न थोरै हैरान भएन । यसैका कारण हामीले फिल्मको नाम नै ‘हैरानु राख्यौं ।’

उनले कलाकारले सुटिङको क्रममा हैरानी दिएको पनि सम्झिए । उनी थप्छन्, ‘पहिलो दिनदेखि नै कलाकारका कारण मैले खुब हैरानी खेपेँ । कोहीँ जाममा फस्ने, कोहीँ बिहानैदेखि पर्खेर बस्ने, कोहीँ बिहानै आएर फर्किने, कोहीँ फिर्ता गएको नआउने यस्ता धेरै कुराले फिल्मको सुटिङ सकाउनै मुश्किल भयो । यसकारण फिल्मको सुटिङ डेट पनि लम्बियो । ‘

कलाकार शिशिर भण्डारीले ‘हैरानु मा आफूले फरक भूमिका निर्वाहा गरेको बताए । उनी भन्छन्, ुयसमा मेरो साइलेन्ट क्यारेक्टर छ । सिआईडी अफिसर्सको रोल निर्वाहा गरेको छु ।’ निर्देशक सौगातले शन्की अफिसर्सको पीडित असिस्टेन्सको भूमिका शिशिरले निर्वाहा गरेको खुलाए ।

फिल्ममा पुरुष पात्रको बाहुल्यता छ । ट्रेलरमा समेत पुरुष पात्र नै बढी हाबी छन् । अभिनेत्री निश्मा घिमिरेलाई चेपुवामा पर्ने डर छ रु फिल्मीखबरको प्रश्नमा उनी भन्छिन्, ‘स्क्रिप्ट सुन्दा मेरो थोरै भूमिका जस्तो लागेको थियो । मैले निर्माण टिमसमक्ष गुनासो पनि पोखेकी थिएँ । तर फिल्ममा समावेश चार गीतमा म आफू फिचर्ड हुने भएपछि चित्त बुझाएँ ।’

उनी विश्वकै कान्छा निर्देशकसँग दोस्रो पटक काम गर्न पाउँदा थप हर्षित भएको बताउँछिन् । यसअघि उनले सौगातको निर्देशनमा बनेको ‘लभ यू बाबाु पनि अभिनय गरेकी थिइन् । ‘हैरानु बाट फिल्ममा डेब्यु गरेकी अभिनेत्री आरोही शर्मा आफ्नो डेब्यु यात्रा सफल हुनेमा आशावादी छिन् । यसमा उनले एक सिआईडी अफिसर्सको भूमिका निर्वाहा गरेकी छन् ।

फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।

फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रकाशित मिति: May 15, 2018

प्रतिक्रिया दिनुहोस्