Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंग्लोरले पन्जाबलाई १० विकेटले हरायो

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो ।

कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन बनाए । कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले १५ ओभर १ बलमा ८८ रनमा अलआउट भएको थियो । आरोन फिन्चले सबैभन्दा धेरै २६ रन बनाए । बलिङतर्फ उमेश यादवले तीन विकेट झारे । उनी प्लेयर अफ दि म्याच भए ।

पन्जाबले बनाएको ८९ रन आईपीएलको जारी सिजनमा दोस्रो कम स्कोर हो । यसअघि मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध ८७ रन बनाएको थियो ।

यसअघि २०१७ मा उसले पन्जाबले पुणे सुपरजाइन्ट्सविरुद्ध ७३ रन बनाएको थियो । यसैगरी सन् २००९ मा राजस्थान रोयल्सले ५८ र २०१० मा डेक्कन चार्जर्सले ८२ रन बनाएका थिए ।

केएल राहुल २१ र क्रिस गेल १८ रन बनाएर उमेश यादवको बलमा आउट भएका थिए । करुण नायरलाई १ रनमै मोहम्मद सिराजले आउट गरेका थिए ।

मार्कस स्टोइनिसलाई २ रनमा युजवेन्द्र चहलले बोल्ड गरे । पन्जाबको ५० रन पूरा हुँदासम्म चार व्याट्सम्यान पेभिलिय फर्किइसकेका थिए । ६१ को स्कोरमा मयंक अग्रवाले पनि २ रन बनाएर आउट भए ।

कोहलीले वार्नरको रेकर्ड तोडे

रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पन्जाबविरुद्ध ३४ रन बनाउँदै यस सिजनमा आफ्नो ५ सय रन पूरा गरे । एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौपटक बनाउने कोहली पहिलो व्याट्सम्यान हुन् । उनीपछि डेभिड वार्नर दोस्रो स्थानमा छन् । वार्नरले चौथो पटक यो उपलब्धि हासिल गरेका छन् ।

प्रकाशित मिति: May 15, 2018

प्रतिक्रिया दिनुहोस्