Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित हुने

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल भएकाले क्षेत्रगत कार्यक्रमलाई धेरै जोड नदिइने स्पष्ट गरे । उनले मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे संविधानले भनेको बाटामा बजेट आउने भएकाले समृद्धिको अभियानमा सहयोगी बन्न सत्तापक्ष र प्रतिपक्षका सांसदलाई आग्रह गरे ।

उनले विधिअनुसार बजेट र कार्यक्रममा सांसद र सम्बद्ध सबैको सहभागिता गराउन आफू तत्पर रहेको स्पष्ट गर्दै भने , “संघीय संरचनाअनुकूलको सन्तुलित बजेट आउनेमा म ढुक्क हुन आग्रह गर्छु, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रलाई संयोजन गरेर जाने सरकारको तयारी छ । हामी मुलुकमा लगानीका लागि उत्तम वातावरण सिर्जना गर्न सचेता छौँ ।” सो विधेयकमाथि यही वैशाख २४ गतेदेखि छलफल चलेको थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको निरन्तरताबारे सांसदले राखेको मागमा उहाँले जवाफ दिएनन । सभामुख कृष्णबहादुर महराले छलफलमा प्रस्तुत सबै विषय समेटेर सरकारलाई प्रतिवेदन दिइने जानकारी बैठकलाई गराए । प्रतिनिधिसभाको अर्को बैठक जेठ २ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्