Logo
७ बैशाख २०८१, शुक्रबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुँजी बजार महिनाको अन्तिम दिनपनि सुस्त १०:२८ अंकको गिरावटसँगै नेप्से सूचक १३३८:१७ अंकमा

काठमाडौं : पुँजी बजार वैशाख महिनाको अन्तिम दिन पनि सुस्त देखिएको छ । यस सँगै अब नयाँ बजेटको चहलपहल पनि बढ्न थालेको छ । बजेटले पुँजी बजारका तमाम समस्या सम्बोधन गर्ने धेरै लगानीकर्ताको अपेक्षा छ । विशेष गरी यतिबेला भ्याट प्रकरण निकै अन्योलमा छ । ब्रोकर कमिसनमा भ्याट लाग्ने कि नलाग्ने भन्ने दुविधाका कारण लगानीकर्ता केही भ्रमित भएको देखिन्छ । बजेटले यो मुद्दाको छिनोफानो लगाउने आम अपेक्षा छ ।

बजारको दिगो विकासका लागि ब्याजदर घट्नुपर्ने देखिन्छ । यसैगरी, अधिक आपूर्ति समस्या बजारले विस्तारै समाधान गर्ने विश्वास गर्न सकिन्छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको सर्वोपरी स्थान रहने गर्छ । बजारप्रति विश्वास भएमा जस्तो सुकै परिस्थितिमा पनि अघि बढ्न सक्छ भन्ने विगतको उदाहरणले पुष्टि गरिसकेको छ ।

नेप्से सूचक सोमबार १०।२८ अंकले घटेर १३३८।१७ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०।७६ प्रतिशतले तल झरेको हो । कुल १६३ कम्पनीको ४२ करोड ५१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १० लाख ७ हजार ७६४ कित्ता सेयर किनबेच भएका हुन् ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा ३ वटा समूहमा हरियाली देखिएको छ भने बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूह सूचक ६९।९६ अंकले घटेको छ । विकास बैंक समूह पनि २६।९१ अंकले घटेको छ । उता, वाणिज्य बैंक समूहमा १०।०४ अंकको गिरावट आएको छ ।

कारोबार रकममा सिद्धार्थ बैंकले अग्रता लिएको छ । सिद्धार्थको ६ करोड ४७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिद्धार्थ इन्सुरेन्स र नबिल संस्थापक परेका छन् ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्