Logo
१२ बैशाख २०८१, बुधबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभा सदस्य लामिछानेको निधन , अन्तिम संस्कार साँझ गरीने

काठमाण्डौँ : भक्तपुर प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो । आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ ख नेकपा एमाले बाट निर्वाचित हुनुभएका लामिछाने नेकपा ९एमाले० भक्तपुर जिल्ला कमिटीका सचिवसमेत थिए । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् । आज अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्