Logo
७ बैशाख २०८१, शुक्रबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता जोन अब्राहमको फिल्म ‘परमाणु’ ट्रेलर रिलिज

एजेन्सी: बलिउड अभिनेता जोन अब्राहमको फिल्म ‘परमाणु ( द स्टोरी अफ पोखरण’ २५ मेमा रिलिज हुँदैछ । प्रोडक्सन ब्यानर जेए इन्टरटेनमेन्ट र र क्रिअर्ज इन्टरटेनमेन्टबीचको विवादका कारण फिल्म रिलिज हुन सकिरहेको थिएन ।

जेए इन्टरटेनमेन्टद्वारा जारी विज्ञप्तीका अनुसार, बम्बई हाईकोर्टमा फिल्मसँग सम्बन्धित मामलामा भइरहेको प्रगतिपश्चात फिल्म २५ मेमा संयूक्त रुपमा जेए इन्टरटेनमेन्ट, जी स्टूडियोज र काइटा प्रोडक्सनको ब्यानरबाट रिलिज हुँदैछ । योसँगै फिल्मको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको कहानी ६ जनाको वरिपरि घुम्छ, जो दुनियाँदेखि लुकाएर पोखरणको सिमामा भारतका लागि परमाणु परीक्षण गर्ने गर्दछन् ।

धेरै सफल फिल्मपछि ‘परमाणु’ जोनका लागि निकै महत्वपूर्ण फिल्म हो । यो फिल्म परमाणु नगरी पोखरणमा ११ र १३ मे १९९८ मा लगातार भएको पाँच परमाणु परीक्षणमा आधारित छ । फिल्मको निर्देशन अभिषेक शर्माले गरेका हुन् ।
जोनको होम प्रोडक्शन हाउसमा निर्मित ‘परमाणु’ मा डायना पेन्टी र बोमन इरानीको पनि प्रमुख भूमिका छ । जोनले फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाहा गरेका छन् ।

https://youtu.be/XQFb12N0Arc

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्