Logo
७ बैशाख २०८१, शुक्रबार
(May 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँमा विवाह, जन्तीलाइ बास बसाउने र भोज खुवाउने कार्यक्रमका लागि विद्यालय बन्द

बीरगंज : गाउँमा आयोजित विवाहको कारण पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय सखुअनिया शंकरसरैया आज बन्द गरीएको छ । शंकरसरैया वडा नम्बर ५ मा भारतको विहार टेडवा घुस्कीबाट स्थानिय अनरजित महतो कंकडको घरमा आएको जन्तीलाई विद्यालयमा बास बसाउने र भोज खुवाउने कार्यक्रम रहेकाले विद्यालय बन्द गरिएको प्रधानाध्यापक जयनारायण राउतले बताएका छन् ।

गाउँमा सार्वजनिक पार्टी पौवा, धर्मशाला नहुँदा विद्यालयलाई नै विवाह लगायत सामाजिक संस्कार गर्ने स्थलको रुपमा स्थानिय वासिन्दाले बर्षौ देखि प्रयोग गर्दै आएको र गाउँमा हुने विवाहको दिन सधै विद्यालय बन्द हुने गरेको प्रधानाध्यापक राउतले बताए ।

जन्तीका लागि भोज भतेर र सुताउने स्थलको रुपमा मात्र नभई विद्यालयमा जन्तीलाई मनोरंजनका लागि आयोजना गरिने छाडा नाच गान आर्केस्टा प्रदर्शन समेत गर्दा गाउँमा विभिन्न विकृति समेत भित्रिने गरेको स्थानिय जगन माझीले बताए । गाउँमा भएको विवाहका लागि विद्यालय बन्दगरिएको प्रमाणित भएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा वडा अध्यक्षलाई कारवाही गर्ने जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतोले बताए ।

प्रकाशित मिति: May 13, 2018

प्रतिक्रिया दिनुहोस्