Logo
७ बैशाख २०८१, शुक्रबार
(May 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश न:१ को स्थायी राजधानी र नामाकंनको विषयलाई छिटै टुुंगो लगाइने : मुख्यमन्त्री राई

विराटनगर : एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकंनको विषय एक महिना भित्रै टुुंगो लाग्ने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं.१ निर्वाचन समितिव्दारा आज विराटनगरमा आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहमा बोल्दै उनले बहुमतिय आधारमा भन्दापनी सबैदलको सहमतीमा स्थाई राजधानी र प्रदेशको नामाकंन टुुंगो लाग्ने बताए । मुख्यमन्त्री राईले अनलाईन र समाजिक संजाललाई व्यवस्थित गर्न नेपाल पत्रकार महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि अवस्थामा कुुन्ठित हुुन नदिने बताए ।

अब प्रस्तुुत हुुने प्रदेश सरकारको निति कार्यक्रम तथा वजेटमा संचारकर्मीले अनुुभुुतिगर्ने गरी पत्रकारको हितमा विभिन्न कार्यक्रम ल्याउन लागेको उनले बताए । प्रदेश नं.१ का उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा प्रदेश सभाका सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाको रुपमा काम गर्ने संचारकर्मी लोभ र लालचमा पर्न नहुने विचार व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यवसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकोले यसमा संचारकर्मीहरु विशेष ध्यान दिनु पर्ने बताए । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संचारकर्मीहरुले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहनु पर्ने र यही आधारभूत आधारबाट संचार आचार संहिता कायम रहने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दीपक दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा एक नम्वर प्रदेशका सांशद केदार कार्की, जयराम यादव, नेकपा एमाले मोरंगका अध्यक्ष बिनोद ढकाल, अग्रज पत्रकार यज्ञराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिमल्सीनाले पत्रकारको हकहितका विषयमा बोलेका थिए । वैशाख २२ गते सम्पन्न प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघका प्रदेश नं.१ अध्यक्ष विक्रम लुइटेल, उपाध्यक्ष सोमनाथ सुसेली र स्मीता निरौला, महासचिव विवेक गौतम, सचिवव्दय हरिकृष्ण राई र बुद्धवीर राई, कोषाध्यक्ष अम्विका भण्डारी लगायत २१ जना पदाधिकारीहरुलाई प्रमाणपत्र तथा पदस्थापन गराईएको थियो ।

प्रकाशित मिति: May 13, 2018

प्रतिक्रिया दिनुहोस्