Logo
७ बैशाख २०८१, शुक्रबार
(May 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्लफ्रेण्डसँग अलग हुनका लागि ३ करोड रुपैयाँ बराबरको रकम अफर

एजेन्सी: पुरुषले आफ्नो गर्लफ्रेण्डलाई खुसी पार्नका लागि के के गर्दैनन् रु प्रेमिकाको लागि मोटो रकम खर्च गर्छन् र उनीहरुका हरेक नखरा सहन्छन् ।

प्रेम नै यस्तो चिज हो, जहाँ दुनियालाई भुलेर केवल एउटा मान्छेको मात्र बनिन्छ । तर चीनमा एउटा अनौठो मामिला सार्वजनिक भएको छ । जहाँ एकजना युवकले आफ्नो गर्लफ्रेण्डसँग अलग हुनका लागि ३ करोड रुपैयाँ बराबरको रकम अफर गरे । तर उनकी गर्लफ्रेण्ड भने त्यो रकम कम भएको भन्दै अस्विकार गरिन् ।

नाम नखुलाइएका ती युवकले आफुहरुबीचको सम्बन्ध तोड्न चाहेको भन्दै त्यसका लागि आफुले ३ लाख डलर क्षतिपूर्ति दिने प्रस्ताव प्रेमिका समक्ष राखेका थिए । ती दुईबीच एउटा रेष्टुरेन्टमा भेट भएको थियो जहाँ उनी पैसाका बिटो भरिएको झोला बोकेर प्रेमिका समक्ष ब्रेकअपको प्रस्ताव लिएर गएका थिए ।

तर प्रेमिकाले त्यो रकम कम भएको भन्दै उनलाई फर्काइदिइन् । ती युवक चाहीँ रकम भरिएको झोला त्यहीँ छाडेर घर फर्किए । प्रेमिकाले पनि त्यो झोला उठाइनन् र त्यहीँ छाडेर गईन् । रेष्टुरेन्ट बन्द गर्ने बेलामा रेष्टुरेन्टका कर्मचारीले त्यो बेवारिसे झोला देखे । झोलाभित्र ठूलो परिमाणमा रकम देखेपछि उनीहरुले पुलिसलाई खबर गरे ।

प्रहरीले रेष्टुरेन्टको ग्राहक डाटाको आधारमा ती युवक र युवतीको पहिचान गर्यो । ती युवक २३ वर्षका छन् र पेशाले आइटी प्रोफेसनल हुन् । गर्लफ्रेण्डले आफुसँग ब्रेकअपका लागि ७ लाख ८७ हजार डलर बराबरको रकम माग गरेको उनले बताएका छन् ।

तर उनले जम्मा ३ लाख डलर मात्र जुटाउन सके र सोही लिएर जाँदा पैसा कम भएको भन्दै गर्लफ्रेण्डले ब्रेकअप अस्विकार गरेको उनले बताएका छन् ।

प्रकाशित मिति: May 13, 2018

प्रतिक्रिया दिनुहोस्