Logo
८ बैशाख २०८१, शनिबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब सडकमा बग्यो चकलेटको खोला

जब सडकमा चकलेटको लेदो खोला बग्छ, तपाइँ के गर्नुहुन्छ रु सायद पेटभरि चकलेट खाने त्यो अवसर कसैले गुमाउँदैन । पोल्याण्डमा बुधबार बिहानै सडकमा चकलेटको खोला बग्यो ।

जब चकलेटको लेदो भरिएको कन्टेनर ट्रक सडकमा पल्टियो तब त्यसभित्र रहेको सबै चलकेट सडकमा पोखिँदा सडकमा खोला नै बग्यो । वार्सा र पोजानबीचको राजमार्ग खण्डमा बुधबार बिहान साढे ५ बजे यो घटना भएको हो ।

ट्रक कन्टेनरमा कैयन् टन तरल चकलेट थियो । तिव्र गतिमा गुडिरहेको ट्रक एक्कासी सडक किनाराको बारमा ठोक्कियो र ट्रक अनियन्त्रित भई पल्टियो ।

पुलिसका अनुसार सडकमा चकलेटको खोला बग्दा केहीबेर त बाटो नै अवरुद्ध भयो । ट्रक ड्राइभर समेत गम्भीर घाइते भएका छन् । सडकमा पोखिएको चकलेट पखाल्न ठूलो परिमाणमा पानीको खाँचो पर्ने अधिकारीहरुले जनाएका छन् ।

चकलेट जमिसकेपछि त्यसलाई पन्छाउन बरफ भन्दा पनि गाह्रो पर्ने उनीहरुको भनाई छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्