Logo
१२ बैशाख २०८१, बुधबार
(May 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केही दिनसम्म लगातार खानुहोस् भुटेको चना, यस्ता समस्याबाट पाइनेछ छुटकारा

एजेन्सी: चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हुन्छ । यी सबै विशेषताका कारण नै यसलाई गरिबको मेवा भनिन्छ ।

भुटेको चनालाई दैनिक खाँदा तौल कम हुन्छ र मोटोपना घटाउँछ । यसले शरिरको अतिरिक्त बोसो घटाउन सहयोग गर्दछ ।

जसलाई पटक पटक पिसाब लाग्ने समस्या छ उनीहरुले दैनिक भुटेको चना खानुपर्छ ।

भुटेको चनाले रगतमा ग्लूकोजको मात्रालाई नियन्त्रित गर्दछ जसले मधुमेहको खतरालाई कम गर्दछ ।

भुटेको चना खाँदा शरिरको प्रतिरक्षा बढाउँछ जसले बारम्बार बिरामी हुनबाट जोगाउँछ ।

भुटेको चनालाई दुधसँग खाँदा स्पर्म बाक्लो हुन्छ ।

जसलाई दमको रोग र श्वास सम्बन्धि समस्या छ, उनीहरुले भुटेको चना खाँदा आराम मिल्छ ।

भुटेको चना खाँदा रगत सफा हुन्छ जसले छालालाई चम्किलो बनाउँछ ।

यो क्याल्सियमको राम्रो स्रोत हुने भएकाले हड्डी बलियो बनाउँछ ।

महिलालाई सेतो पानी वा ल्यूकोरियाको समस्या हुँदा भुटेको चना खाँदा निकै आराम प्राप्त हुन्छ ।

भुटेको चनालाई लामो समयसम्म दैनिक खाँदा छालाको संक्रमण र छाला रोग ठिक हुन्छ ।

प्रकाशित मिति: May 9, 2018

प्रतिक्रिया दिनुहोस्