Logo
६ बैशाख २०८१, बिहीबार
(May 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको आर्थिक विकासको अभियानमा सम्पुर्ण शक्ति लगाएको अध्यक्ष प्रचण्ड को भनाइ

काठमाडौं : माओवादी अध्यक्ष प्रचण्डले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग बुधवार बिहान खुलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि ‘कनेक्टिभिटि’ नै मुख्य हो । सडकको ‘कनेक्टिभिटि’, रेलको ‘कनेक्टिभिटि’ र संचारको ‘कनेक्टिभिटि’ बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ’ प्रतिनिधिमण्डलसँगको भेटमा प्रचण्डले भने ।

उनले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास पनि दिलाए । ‘हाम्रो आर्थिक विकासको अभियानमा तपाई चिनियाँ लागनीकर्ताहरुलाई हार्दिक स्वागत छ’ प्रचण्डले भने ।

प्रचण्डले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटिका बिषयमा छलफल भएको स्मरण गर्दै भने, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही बिषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’

त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो ।

उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकोले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका सेक्रेटरी लिजियाङले बताए ।

प्रकाशित मिति: May 9, 2018

प्रतिक्रिया दिनुहोस्