Logo
७ बैशाख २०८१, शुक्रबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक परिवार एक रोजगार’ को नीतिलाई कार्यान्वयन गरिन्छ–मन्त्री विष्ट

काठमाडौँ : रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसंग नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि भालेरी जुलियान्डले शिष्टाचार भेट गरेका छ्न।

मन्त्रालयमा आज भएको उक्त भेटका अवसरमा नेपालको श्रम तथा रोजगारी क्षेत्र सुधारका लागि संयुक्त राष्ट्रसंघ मातहतका निकायमार्फत परिचालन हुनसक्ने सहयोग र सहकार्यका विभिन्न विषयका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा मन्त्री विष्टले संविधानले परिकल्पना गरेको समतामूलक आर्थिक समृद्धिको उद्देश्य प्राप्तिका लागि श्रम तथा रोजगार क्षेत्रका हरेक चुुनौतीको सामना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘एक परिवार एक रोजगार’ को नीतिलाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी आवश्यक तयारी गरिरहेको बताउँदै उनले रोजगारीका अवसर सिर्जना गर्न र श्रमिकको श्रमको उचित पारिश्रमिक सुनिश्चित गर्न उत्पादन प्रणालीमा नै सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।

मन्त्री विष्टले आगामी दिनमा श्रम र श्रमिककोे सम्मान जगाउने गरी बृहत अभियान गर्ने गृहकार्यमा सरकार लागेको जानकारी दिए ।

उक्त अवसरमा मन्त्रालयको तर्फबाट गरिने सुधार प्रयासमा संयुक्त राष्ट्र संघ अन्र्तगतका निकायको निरन्तर सहयोग र सहकार्य रहने कुरा संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि जुलियान्डले व्यक्त गरे। रासस

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्