Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो सडक जुन हेर्दा हेर्दै गायब हुन्छ र फेरि देखा पर्दछ

एजेन्सी: यस्तो सडक देख्नुभएको छ ? जुन हेर्दा हेर्दै गायब हुन्छ र फेरि देखा पर्दछ । फ्रान्समा एउटा यस्तो सडक छ जुन एक दिनमा दुईपटक हराउँछ ।

फ्रान्सको मूख्य भूमिलाई नोइरमोटियर क्षेत्रसँग जोड्ने यो सडक समुद्रको तटीय क्षेत्रमा छ । यो सडकलाई पेसेज डु गोइस भनिन्छ । दिनमा दुईपटक देखिने र दुईपटक हराउने यो सडक हराएको बेला १३ फिट गहिरो पानीमुनि लुक्दछ ।

वास्तवमा यो सडक समुद्री तटीय क्षेत्रमा छ । दिनमा दुईपटक समुद्री छाल आउँदा सडकलाई समुद्रको पानीले डुबाउँदछ । पानीले डुबेको बेलामा सडक पानीको सतहभन्दा १३ फिट तल पर्दछ । जब सामुद्रिक ज्वारभाटा शान्त हुन्छ तब पानी तटीय क्षेत्रबाट समुद्रतर्फ फर्किएपछि यो सडक देखा पर्न थाल्दछ ।

त्यसैले समुद्रसँग लुकामारी खेल्ने यो सडकको यात्रा जति रोमाञ्चक छ, उत्तिनै खतरनाक पनि हुन्छ । यद्यपि पर्यटकहरुका लागि यो आकर्षणको केन्द्र बनेको छ ।

सन् १७०१ मा यो बाटो पत्ता लागेको थियो र पछि त्यस ठाउँमा पक्की सडकको निर्माण गरिएको थियो । यो सडक साढे ४ किलोमिटर लामो छ । एडभेन्चर ड्राइभिङका लागि सायद दुनियाको सबैभन्दा रोमाञ्चक स्थानमध्ये एउटा यो पनि हो ।

सडकमा गाडी चलाउनेका लागि मात्र होइन सडक हेर्दाहेर्दै डुबेको र पुनः देखा परेको दृश्य किनारामा बसेर हेर्नेहरुका लागि पनि यो निकै रोमाञ्चक ठाउँ हो ।

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्