Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुस् सेक्स सम्बन्धि अनौठो कानूनहरु

जसरी हरेक देशहरुको इतिहास र उसको संस्कृति फरक–फरक हुन्छ, त्यसरी नै अलग–अलग देशहरुमा कानुन पनि अलग हुन्छ । त्यसै अनुसार हरेक देशमा सेक्ससम्बन्धी कानुन पनि फरक–फरक र अनौठा छन् । कहीँ खुलम्खुला सम्बन्ध बनाउनु पनि मान्य हुन्छ भने कहीँ यसलाई अपराधको श्रेणीमा राखिन्छ ।

यहाँ केही देशका अनौठा लाग्ने सेक्ससम्बन्धी कानुनको बारेमा उल्लेख गरिएको छः

मृत्यूदण्डसम्म सजायँ:
इन्डोनेसियामा हस्तमैथुन गर्ने व्यक्तिलाई तत्काल मृत्यूदण्डको सजायँ दिइन्छ ।

गालीगलौज:
अमेरिकाको ओरिगनमा सम्भोगको क्रममा पुरुषले आफ्नो महिला पार्टनरलाई अपशब्द बोल्न पाईंदैन ।

समुद्री किनारमा सम्भोग:
स्पेनमा समुद्री किनारमा सेक्स गर्न मनाही छ । यस्तो फेला पारेमा जेल समेत जानुपर्ने हुनसक्छ । साथै दण्डको रुपमा झण्डै ७५ हजार डलर अर्थात् झण्डै ७५ लाखभन्दा बढी रुपैयाँ तिर्नुपर्ने हुनसक्छ ।

प्याज-लसुनको गन्धः
मिनिसोटामा पति आफ्नो पत्नीलाई त्यतिबेला माया गर्न सक्दैन जब उसको मुखबाट प्याज र लसुनको गन्ध आइरहेको छ ।

कपडा फुकाल्नु
ओहियोमा कुनै पुरुषको तस्बिरका सामू महिलाको कपडा उतार्नु अवैध मानिन्छ ।

वक्षस्थल लुकाउनु पर्दैन
ऐरिजोनाको अदालतका अनुसार महिलाले वक्षस्थल लुकाउनु पर्दैन किनकी त्यो गोप्य अंग होइन ।

पत्नीले पतिलाई हत्या गर्न सक्छिन्:
हंगकङमा यदि पतिले धोका दिएको थाहा पाएमा पत्नीले ज्यान समेत लिन सक्छिन् । तर हत्या हतियारले होइन, हातले गर्नुपर्छ ।

बत्ती निभाएर सम्भोग:
हंगेरीको बुडापेस्टमा उज्यालोमा अथवा बत्ती बालेर सम्बन्ध बनाउनु अवैध मानिन्छ । यसको अर्थ बत्ती निभाएर अँधेरोमा सम्भोग गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्