Logo
८ बैशाख २०८१, शनिबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्स आवश्यक्ता हो : विवाहअघि वा परपुरुष सँगको सम्बन्ध पाप हो भन्ने सोच गलत

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । मनोविद सिग्मण्ड फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् ।

१२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, मनोबिज्ञानभित्र फेमिली थेरापी काँहा पर्दोरहेछ ?

मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरु के के रहेछन् ?

पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो ? प्रतिशतमा भन्न सकिन्छ ? ९९ प्रतिशत ।

कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ? – धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ ।

एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् ।

पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हँदोरहेछ, समस्या के पाउनुभयो ?

सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् ।

मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनौं ।

नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ? – उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ ।

पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपार्इले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्