Logo
८ बैशाख २०८१, शनिबार
(May 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताको पहिलो दिन शेयर बजार दोहोरो अंकको गिरावट

काठमाडौँ :साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२।५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३।६४ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।९१ बिन्दुले ओरालो लागेर २८५।३८ बिन्दुमा झरेको छ ।

कूल १६० कम्पनीको आठ लाख ४३ हजार ४१० कित्ता शेयर रु ३६ करोड १६ लाख ९६ हजार ७६३ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

उपसूचकमध्ये वित्त क्षेत्रको मात्रै शेयर उकालो लाग्दा अरु समूहका शेयर भने ओरालो लागेका छन् । सो उपसमूहको शेयर ०।०६ बिन्दुले उकालो लागेको हो ।

बैंकिङ ११।५५, होटल ३१।०६, विकास बैंक १३।४३, जलविद्युत् १९।८१, बीमा ६८।३२, उत्पादन ८।६६, अन्य ६।६१ र माइक्रो–फाइनान्स उपसमूहको ७।५४ बिन्दुले ओरोलो लाग्दा बजार घटेको हो ।

प्रकाशित मिति: May 6, 2018

प्रतिक्रिया दिनुहोस्