Logo
११ बैशाख २०८१, मंगलबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्धको अस्तु धातु हेर्न हजारौँ मानिसको भीड

काठमाडौं : दुई हजार ५६२ औँ बुद्ध जयन्तीका अवसरमा बौद्ध घ्याङ गुठीले बौद्ध स्तुप परिसरमा बुद्धको अस्तु धातु प्रदर्शन गरेको छ । अस्तु धातु दर्शन गर्न हजारौँ मानिसको भीड लागेको बुद्ध जयन्ती मूल समारोह समितिले जनाएको छ । यस अवसरमा गुठीले स्तुपमा विशेष पूजा पाठसमेत गरेको थियो ।

गुठीको संयोजकत्वमा बौद्धमा क्रियाशील संस्थाको सहभागितामा गठन गरिएको समितिले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बुद्धका उपदेश पालना गरिए शान्ति स्थापनामा सहयोग मिल्ने बताउनुभयो ।

वार्ताका माध्यमबाट शान्ति कायम गर्न सकिने भएकाले हरेक समस्याको समाधान सहज रहेको उहाँको भनाइ छ । गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले गौतम बुद्ध जन्मिएको देशले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी धन लामा, मूल समारोह समितिका अध्यक्ष आनन्द लामालगायत वक्ताले समाज र देशमा शान्तिको वातावरण कायम गर्न बुद्धका उपदेश सहयोगी हुने विचार व्यक्त गर्नुभयो । सो अवसरमा आज देशभरका बौद्ध बिहार, स्तुपमा विशेष कार्यक्रमको आयोजना गरी मनाइयो ।

नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले विश्वमा शान्तिको सन्देश प्रवाहमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई एसियाका तारा उपाधिले सम्मानित गरिएको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्