Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानौँ राजकुमार सिद्धार्थ कसरी बने ‘भगवान बुद्ध’ ?

बुद्ध पूर्णिमा भगवान बुद्धको बुद्धत्व प्राप्तिको उपलक्ष्यमा मनाईन्छ । यस दिन बौद्ध धर्म मान्ने लगायत अन्य धर्म मान्ने मानिसहरु पनि बुद्ध जयन्ती धुमधामका साथ बुद्ध स्तुपा गई मनाउँने गर्दछन् । हिंदू धर्ममा भगवान बुद्धलाई भगवान विष्णुको ९ वौँ अवतार मानिएको छ ।

भगवान बुद्धले जब आफ्नो जीवनमा हिंसा, पाप र मृत्युको अर्थ बुझे त्यती बेला नै उनी मोह ,माया त्यागेर आफ्नो गृहस्थ जीवनबाट टाढा गए र जीवनको सत्यको बारेमा खोजी गर्न थाले । धैरे दिन सम्म उनी बोधगयामा बोधि रुखको मुनि तपस्या गरे र जुन दिन भगवान बुद्धलाई ज्ञानको प्राप्ति भयो त्यही दिन सबैको लागि महत्वपूर्ण बन्न पुग्यो । जसलाई हामी बैशाख पूर्र्णीमा वा बुद्ध पूर्णीमा भन्ने गर्छो ।

महात्मा बुद्धको जीवनका केही महत्वपूर्ण कुरा

१. गौतम बुद्ध बौद्ध धर्मका संस्थापक हुन् । बुद्धलाई एशियाको ज्योति मानिन्छ ।
२. गौतम बुद्धको जन्म ५६३ ई. पूर्वको बीचमा शाक्य गणराज्यको तत्कालीन राजधानी कपिलवस्तुको लुम्बीनीमा भएको हो ।
३. उनको बुवा शुद्धोधन शाक्य गणका मुखिया थिए ।
४. सिद्धार्थ जन्मेको सात दिन पछि उनकी आमा मायादेवीको मृत्यु भएको थियो ।
५.सिद्धार्थको सौतेली आमा प्रजापति गौतमीले उनको पालनपोषन गरे ।
६. बुद्धको बाल्यकालको नाम सिद्धार्थ हो ।
७. उनी १६ बर्षको भएपछि उनको बिवाह दंडपाणि शाक्यकी छोरी यशोधरा सँग भएको थियो ।
८.उनको छोराको नाम राहुल थियो ।

९. सिद्धार्थ जब कपिलवस्तु घुम्न निस्के तब उन्ले बृद्ध व्यक्ति ,एक रोगी व्यक्ति ,शव र एक संन्यासी सहित चार दृश्यहरु देखे ।
१०. सांसारिक समस्याहरु देखेर दुखी भएर २९ बर्षीय सिद्धार्थले आफ्नो घर परीवार छोरे । जसलाई बौद्ध धर्ममा महाभिनिष्क्रमण भनिन्छ ।
११. गृहत्याग पछि बुद्धले वैशालीको आलारकलामबाट सांख्य दर्शनको शिक्षा ग्रहण गरे ।
१२. आलारकलाम सिद्धार्थका प्रथम गुरु हुन् ।
१३. आलारकलाम पछि सिद्धार्थले राजगीरका रूद्रकरामपुत्तबाट शिक्षा हासिल गरे ।
१४. उरूवेलामा सिद्धार्थको भेट कौण्डिन्य, वप्पा, भादिया, महानामा र अस्सागी नामका ५ साधक सँग भयो ।

१५. ६ सालको कठिन तपस्या पछि ३५ बर्षीय सिद्धार्थलाई वैशाख पूर्णिमाको रातमा निरंजना नदीको नजिक रहेको पीपल रुखको मुनि ज्ञान प्राप्त भएको थियो ।
१६. ज्ञान प्राप्ति पछि सिद्धार्थलाई ‘भगवान बुद्धको’ नाम दिइयो ।
१७. बुद्धले आफ्नो पहिलो उपदेश सारनाथमा दिए, जसले बौद्ध ग्रंथमा उनलाई धर्मचक्र प्रवर्तन भनिएको छ ।
१८. बुद्धले आफ्नो उपदेश कौशल, कौशांबी र वैशाली राज्यमा पालि भाषामा दिए ।
१९. बुद्धले सबैभन्दा बढी उपदेश कौशल देशको राजधानी श्रावस्तीमा दिए ।
२०. ८० बर्षमा बुद्धको मृत्यु कुशीनारामा चुन्द द्वारा अर्पित भोजन गरे पछि भएको हो ।जसलाई बौद्ध धर्ममा महापरिनिर्वाण भनिएको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्