Logo
८ बैशाख २०८१, शनिबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो टापु जहाँ चप्पल पड्काए कारबाहि

दुनियाँका भिन्न–भिन्न देश तथा ठाउँहरुमा अनेक खालका नियम कानून हुन्छन् । कतिपय नियम कानूनहरु त सायद भन्नका लागि मात्र हुन् जस्तो लाग्छ, किनकि ।

यस्तै एउटा नियम रहेछ इटालीको काप्री टापुमा । आमरुपमा हामी हिँड्दा खुट्टाले जमिनमा चाप दिने भएकाले आवाज निस्किन्छ । अझ चप्पल लगाएर हिँड्दा त चप्पलले पाइताला हिर्काएको प्याट प्याट आवाज आउँछ । तर इटालीको काप्री टापुमा यदि यसरी हिँड्दा आवाज निकाल्नुभयो भने कारवाही भोग्नुपर्छ ।

वास्तवमा यहाँ खासगरी केटीहरुले चप्पल लगाएर हिँड्दा चप्पलबाट आवाज निकाल्न निषेध छ । यसरी चप्पल पड्काएर हिड्नुलाई अपराध मानिन्छ ।

अमेरिकाको फ्लोरिडामा एउटा यस्तै खालको पारम्परिक नियम रहेछ । त्यहाँ आइतबारको दिन अविवाहित महिलालाई स्काइ डाइभिङ गर्न निषेध छ । यदि यसो गरेको पाइएमा कारवाही भोग्नुपर्ने नियम छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्