Logo
१२ बैशाख २०८१, बुधबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस बैठक आज फेरी स्थगित , वैशाख २१ गते अर्को बैठक बस्ने

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ । स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बैठक बोलाएको थियो ।

बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ । काँग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो ।

कांँग्रेसको महाधिवेशन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । विधानअनुसार दुई महिनाभित्र गरिसक्नु पर्ने पदाधिकारी मनोनयन गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्