Logo
४ बैशाख २०८१, मंगलबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको मायादेवी मन्दिर दर्शन पछि राष्ट्रपतिले सम्बोधन गर्ने

लुम्बीनी : २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी पुगेका प्रधानमन्त्री ओलीले सोमबार बिहान मायादेवी मन्दिर दर्शन गरेका छन् । उनले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको स्मरण गराए ।

बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएकाले उनीप्रति हामीले गर्व गर्न सक्ने बताउँदै बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक भएको बताए ।

प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गरे। शान्तिद्विपबाट करिब दुई किलोमिटरको दूरीमा रहेको कार्यक्रमस्थलमा प्रधानमन्त्री ओली पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान साढे आठ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्