Logo
७ बैशाख २०८१, शुक्रबार
(April 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढाकाबाट कोलकाता हुँदै पहिलोपटक काठमाडौं आइपुग्यो बस

काठमाडौं : बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा काठमाडौं आइपुगेको छ ।

उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले शुक्रवार साँझ यहाँस्थित आफ्नै निवासमा एक स्वागत समारोहको आयोजना गरेका थिए ।

त्यसअवसरमा उनले बससेवा प्रारम्भ भएकामा प्रशन्नता प्रकट गर्दै त्यसले बंगलादेश, भारत र नेपालमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र जनसम्पर्क विस्तारबाट हाम्रो आर्थिक प्रगति हुनेछ, उनले भने । रासस

प्रकाशित मिति: Apr 28, 2018

प्रतिक्रिया दिनुहोस्