Logo
१५ चैत्र २०८०, बिहीबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण

झापा, ४  वैशाख : जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मातहतका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा रहेका ४९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए ।

उनका अनुसार तलब-भत्ता, औषधि खरिद, जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएका कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुनेछ ।

“जनस्वास्थ्यसम्बन्धी क्रियाकलाप स्थानीय तहबाटै हुन्छ”, उहाँले भन्नुभयो, “केन्द्रीय कार्यक्रम मात्र अब जनस्वास्थ्यले गर्नेछ ।” जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा संघीय स्वास्थ्य कार्यालय राख्ने नयाँ प्रस्ताव गरेको उनले बताए ।

सतहत्तरवटा जिल्लामा संघीय स्वास्थ्य इकाइ राख्ने र केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वय गरेर अत्यावश्यक काममा बाधा नहुने गरी कुनै क्रियाकलाप नगर्न प्रस्ताव गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्