Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाउने भए साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेशले आममाफी

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाईएका धनुषाका उमेश यादवले आममाफी पाउने भएका छन् । पिडित भनिएका पाकिस्तानी परिवारले उनलाई माफी दिन आग्रह गरेपछि यादवले फाँसीको सजायबाट मुक्ति पाउने भएका हुन् । यसै शिलशिलामा उमेशलाई जीवनदान दिलाउन तराई मधेस राष्ट्रिय परिषदका सदस्य एवं सामाजिक अभियनता सरोज राय पाकिस्तान पुगेका छन् ।

उमेशलाई जीवनदान दिलाउन जनकपुर स्थित युवा संघ नेपाल का युवा नेता मोहम्मद रियाज साफीले समन्वय गरेका थिए । रायको नेतृत्वमा विभिन्न व्यक्तिहरुको सहयोग तथा विशेष पहलमा उमेश यादबले आममाफी पाउने निश्चित भइसकेको उनले बताए । ‘धनुषाका उमेश यादवलाई फाँसीको सजायबाट मुक्ति दिलाउँन पार्डन एग्रीमेन्ट तयार भइसकेको छ ।’ उनले भने ‘करिब १२ बर्षअघि साउदी अरेबियामा रोजगारीका क्रममा आपसी भनाभन हुँदा भएको दुर्घटनामा पाकिस्तानी नागरिक मो.लतिपको मृत्यू भएको थियो ।’

रायका अनुसार सोही घटनामा साउदी अरेबियाको अदालतले धनुषाको कमला नगरपालिका वडा नम्वर ३ का उमेश यादवलाई पाकिस्तानी नागरिक मो. लतिपको हत्याको आरोपमा फाँसीको सजाय सुनाएको थियो । मृत्युदण्डका लागि बैशाख ३० गतेसम्म अन्तिम म्याद तोकिएको थियो ।

उनको जीवनरक्षाकालागि पहल गर्न समाजिक अभियन्ता सरोज राय दूतावास मार्फत पाकिस्तान पुगेर मृतकका परिवारजनका साथै सरोकारवालाहरुसँग पहल थालेका थिए । नेपालमा उहाँले त्यससँग सम्बन्धित सरोकारबालादेखि लिएर अन्य निकायमा उमेश बचाउका लागि प्रयास गर्नुभयो ।

परराष्ट्र मन्त्रालय, श्रम रोजगोर, पाकिस्तानी दुतावासलगायत विभिन्न ठाउँमा उहाँले पहलका लागि दौडधुप गर्नुभयो । त्यसैका लागि पीडित पाकिस्तानीलाई भेट्न उहाँ पाकिस्तान पनि जानु भयो । त्यहाँ गएर उहाँले विभिन्न सरोकारबाला व्यक्तिहरुलाई भेट गरि पीडित परिवारलाई समेत भेट्नु भयो । भेटमा उहाँले उमेश यादवको बारेमा सबै कुरा सुनाएपछि माफी दिने घोषणा गर्नुभयो । यी सबै काम सरोज रायका कारण मात्र सम्भव भएको छ ।

घटनामा मारिएका लतिपको परिवारजन तथा वकिलसँगको लामो छलफल पश्चात अन्ततः पाकिस्तानी परिवार माफी दिन तयार भएका छन् । मृतक लतिपका परिवारले माफीनामा दिएपछि सउदी अरेबियाको पुनरावेदन अदालतमा आममाफीको लागि अपिल गर्ने बाटो खुलेको उनले बताए । पीडित परिवारलाई भेटाउनका पाकिस्तानी नागरिक जनाव जैइब कलमटयी र फरान अदिललगायतले सहयोग गरेका थिए । जनकपुस्थित युवा संघका मोहम्मद रियाज साफीले समन्वय गरेका थिए ।

मृतक लतिपका परिवारले माफीनामा दिएपछि सउदी अरेबियाको पुनरावेदन अदालतमा आममाफीको लागि अपिल गर्ने बाटो खुलेको छ । सन् २००६ देखि अर्थात् विगत १२ बर्षदेखि सउदी अरेबियाको जुबेल जेलमा रहँदैआएका छन् । उक्त घटनाबारे भने उमेशले लतिपको हत्या नगरेको तथा दुर्घटनावंश उनको मृत्यू भएको बताउँदै आए पनि अदालतले दोषी ठहर गर्दै आउँदो १३ मई २०१८ का दिन मृत्यूदण्ड फैसला सुनाएको थियो ।

उमेश बचाउन अभियानमा लागेका सरोज रायका अनुसार राजदूत पाण्डेको पहलमा पीडित परिवार पाकिस्तानीले मृत्युदण्डबाट माफी दिन तयार भएका थिए । यद्यपि उहाँलाई माफी दिए पनि पीडित परिवारले ब्लडमनी क्षतिपूर्ति माग गरेको हुनुपर्छ । यो कुरा सरोजले खुलाउनु भएको छैन । तर, पैसाको आवश्यक पर्छ र त्यसका लागि नेपालीले सहयोग गर्नुपर्छ भनि आह्वान पनि गनुृभएको छ । उक्त मुद्दाको पैरवी भने अधिवक्ता मोहम्द नुक्कस अक्रमले गर्दै आउका छन् ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्