Logo
१२ बैशाख २०८१, बुधबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ

डोल्पा : हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्र कागमारा हिमालबाट गएराति उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पाँच महिला र दुईजना पुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ । उनीहरू अवैधरुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्न गए पनि उनीहरूले यार्सागुम्बा टिप्न नपाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषी ठहर गरेर बोलाएको खण्डमा उपस्थित हुने गरी प्रतिव्यक्ति रु १० हजार धरौटीमा छोडिएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्