Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि प्रहरीद्धारा पक्राउ

बर्दिया : उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको छ । गुलरिया-२ खैरापुरका नवराज पौडेलको हत्याका दोषी मध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल-१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवाद पछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए । पौडेल हत्याका पाँच आरोपित मध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो । (रासस)

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्