Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अञ्चल अस्पतालमा आजबाट निःशुल्क डायलासिस सेवा शुरु

बागलुङ : धवलागिरि अञ्चल अस्पताल बागलुङमा सोमबारबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ । यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् ।

बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलासिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले बताउनुभयो । दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलासिस गर्न सकिने उहाँको भनाइ छ । उपकरण र जनशक्ति व्यवस्थापन भए सेवा बढाउन सकिने अस्पतालले जनाएको छ ।

यो सेवा शुरु संगै महँगो खर्चमा डायलासिस गर्न ठूला अस्पतालमा जानुपर्ने धवलागिरिवासीको बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताउनुभयो । ‘‘लामो प्रयासपछि डायलासिस सेवा शुरु भएको छ,” उहाँले भन्नुभयो, “यसको निरन्तरताका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ ।”

सरकारले अघिल्लो वर्षदेखि डायलसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो । देशभरका ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । डायलासिस सेवाबाट बागलुङसँगै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मीलगायत जिल्लाका बिरामीले सुविधा पाउने छन् ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्