Logo
६ बैशाख २०८१, बिहीबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्मका सबै अपडेट : धनुषाका उमेश यादवको सउदी जेलजीवन, न्यूज ब्यूरो र सरोज राय

काठमाडौं : बैदशिक रोजगारका शिलशिलामा सउदी अरेबिया गएका धनुषाका उमेश यादव एक हत्या अभियोगमा त्यहाँ जेल जीवन बिताइरहेका छन् । तर अब भने उमेश यादव विरुद्ध रहेको मुद्दा मात्र उनको निजि रहेन । बास्तवमा उक्त मुद्दा अब सबै नेपालीको हुन गएको छ । गलत मुद्दामा फसिएका भनिएका उमेशको रिहाहाइ हुनपर्ददछ भन्ने अब सबै नेपालीको मनसाय बन्न पुगेको छ ।

तर यो अवस्थाको सृजना भने जनकपुर स्थित न्युज ब्युरो अनलाइन पत्रिका, त्यसका पत्रकार काशिन्द्र शर्मा र समाजिक अभियन्ता सरोज राय यादवले गरेका हुन् । न्यूज ब्यूरोले उक्त समाचारलाई पहिलो पटक सार्वजनिक गरे र सरोजले त्यसको निराकरणका लागि पहल थाले । तराई मधेस राष्ट्रिय परिषद्का सदस्य यसै शिलशिलामा सरोज राय यत्तिबेला पाकिस्तानमा रहेका छन् । नागरिक टाइम्सले उक्त घटनाक्रमबारे सबै किसिमको अपडेट एकै पटक दिने प्रयास गरेको छ । पढ्नुस् यस घटना क्रमबारे समय समयमा आएका समाचारहरु एक साथ ः

परराष्ट्र मन्त्रालय र तराई मधेस राष्ट्रिय परिषदको सक्रियता
विगत १२ बर्षदेखि सउदी अरेबियाको जेलमा बन्दी जीवन विताईहरको धनुषाका उमेश यादवको सउदी प्रकरणमा सरोकारवालाहरु चासो लिएका छन् । धनुषाको कमला नगरपालिका वडा नं. ३ बस्ने भोला यादवका छोरा उमेश यादवलाई सउदी अदालतले मृत्यूदण्डको सजाय सुनाएको खवर पाएपछि सक्रिय भएका तराई मधेस राष्ट्रिय परिषद्का सदस्यहरुले परराष्ट्र मन्त्रालय र सँघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग घटनाबारे जानकारी गराएका छन् ।

तराई मधेश राष्ट्रिय परिषद परिवार बुधबार चैत्र ७ गते संघीय समाजवादी फोरमको अध्यक्ष उपेन्द्र यादवलाई तिनकुने स्थित पार्टीको केन्द्रिय कार्यालयमा भेटि १२ वर्ष देखि सउदीको जेलमा रहेका उमेश यादवको घट्ना वारे विस्तृत रुपले जानकारी गराएका छन् । धनुषा जिल्ला निवासी उमेश यादवलाई एक पाकिस्तानी नागरिकको हत्या प्रकरणमा सउदी अदालतले मृत्य दण्ड सुनाएका छन् ।

परिषद्का सदस्य एवम् सामाजिक अभियन्ता सरोज रायले उमेश यादव सम्बन्धि सम्पूर्ण जानकारी अध्यक्ष यादव समक्ष ब्रिफिंग गरी उनलाई बचाउन गरेको पहलप्रति साकारात्मक भएको अभियन्ता रायले भने । अध्यक्ष यादवले सम्बन्धित निकायहरुमा सम्पर्क गरि पहल अगाडी बढाउन परिषद्का सदस्यहरुलाई सुझाव दिदै आफु सक्दो सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

अध्यक्ष यादवकै सुझाव अनुसार बुधबार नै परिषद्का सदस्य राय राय र जय नारायण यादव परराष्ट्र मन्त्रालय पुगी मन्त्रालयका अधिकारी प्रवीन भट्टरार्इ संग भेट गरी उमेश काण्ड बारे अवगत गराएका छन् । मन्त्रालयका अधिकारी भटट्राईले पनि सक्दो सहयोग गर्ने बताएका छन् । सरोज रायको सक्रियता र पहल देखेर उमेशका परिवारमा आसा जागेर आएको छ ।

सुरेश मण्डललाई साउदी अरबको अदालतबाट सजायमुक्त
बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लग्दी गदियानी–९ सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो ।

अदालतले तोकेको ब्लडमनी (दिया रकम) नलिई पीडित परिवारले माफी दिएपछि सुरेश गत बुधबार सजायमुक्त भएका हुन् ।  ‘माटो सम्याउँदा अगाडि रहेका इस्लामलाई देखिनँ । त्यो दुर्घटना अन्जानमा भएको थियो,’ मण्डलले भने, ‘काम गर्ने क्रममा भएको दुर्घटनामा जिम्मेवारी लिनुपर्योो । मेरो अनुरोधलाई इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेपछि मैले न्याय पाएँ ।’

अदालतले पीडित परिवारलाई तीन लाख रियाल दिनुपर्ने फैसला सुनाएको थियो । साउदीस्थित नेपाली दूतावासले मण्डलका पक्षमा अदालतमा लड्दै आएको थियो । दूतावासको अथक प्रयासपछि उनी सजायमुक्त भएको नेपाली दूतावासका निमित्त पहिलो सचिव विजयकुमार राउतले जानकारी दिए । दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।

इस्लामको परिवारले ब्लडमनी नलिई माफी दिँदा आफूले नयाँ जीवन पाएको र नेपाल फिर्ने बाटो खुलेको मण्डलले बताए । ‘अदालतले फैसला गरेको रकम दिन सक्ने हैसियतमा थिइनँ । दूतावास लगायत अन्य सबैको सहयोग र मेरो अनुरोधलाई इस्लामको परिवारले बुझिदिए,’ उनले भने ।

उनले साउदी अदालतले फैसला गरेको ३ आख रियाल ब्ल्डमनी बंगाली परिवारद्वारा माफी गराउनमा नेपाली दूतावासले अहम् भुमिका खेलेको भन्दै दूतावासप्रति आभार प्रकट गरे । कम्पनीले मण्डलको जिम्मेवारी लिएपछि २२ महिनाअगाडि मात्रै जेलबाट निकाली काममा लगाउँदै आएको थियो । ‘अहिले लेबर काम गर्दै आइरहेको छु । कम्पनीसँग ७ वर्षको तलब दिनुपर्छ भनेर माग गरिरहेको छु । दिन्छु भन्ने प्रतिबद्धता पनि गरेको छ,’ उनले भने ।

मण्डल पुनस् कम्पनीमै कार्यरत छन् । ‘म आरसीसी कम्पनीमा आएको थिएँ । आरसीसी कम्पनीका मालिकको मृत्यु भएपछि छोराको कम्पनी इन्सामा लेबर काम गरिरहेको छु । ८ सय रियाल तलब दिन्छ,’ उनले भने, ‘मेरो प्रार्थनापछि घर जान पाउने अवस्था आयो । त्यसका लागि राहदानी बनाउन दूतावासमा निवेदन दिएको छु । राहदानी बन्नासाथ बिदामा नेपाल आउँछु ।’ मण्डलका चार छोराछोरी, श्रीमती र बुबाआमा छन् । ‘जेठी छोरीको उमेर १९ वर्ष भयो । १२ वर्षका जुम्ल्याहा छोरा छन् । ९ वर्षकी छोरी छिन्,’ उनले भने, ‘म साउदी आएको तीन महिनामा कान्छी छोरीको जन्म भएको हो । उसलाई त देखेको पनि छैन ।’

यसैबीच, सिरहा प्रमुख पत्रकार बिनय यादवले दूतावासका पहिलो सचिव राउतसँग यतिबेला नेपालको जल्दोबल्दो मुद्दाको रुपमा रहेको विगत १२ वर्षदेखि साउदी अरबको जेलभित्र जेली जीवन बिताइरहेका धनुषा कमला नगरपालिका ३ का ३७ वर्षीय उमेश यादवको सन्दर्भमा कुरा गर्दा उनको लागि पनि पहल भइरहेको अश्वासन दिए ।

अदालती आदेश जुनसुकै बेला कार्यान्वयन
धनुषाका उमेश यादव उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । धनुषाको कमला नगरपालिका वडा नं। ३ पर्सा बस्ने उमेश यादव एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका उनलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन् ।

त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन्, ‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन्।’ नेपालबाट पनि खासै पहल हुन नसक्दा उमेशलाई थप जटिलता बढेको छ । उमेशलाई सउदीमा फाँसीको सजाय सुनाउँदा पनि जनकपुरबाट काशिन्द्र शर्माले गरेको अडियो रेडियो रिपोर्टलाई कान्तिपुर दैनिकले फलोअप गर्दा फाँसी रोकिएको छ । तर जुनसुकै बेला अदालतले पहलकदमी गर्दा उमेशलाई ज्यान गुमाउनुपर्ने अवस्था सृजना भएको छ ।

उमेश लामो समयदेखि सउदी जेलमा विताइरहेका छन्, उत्तैबाट केही कमाई गरी घर परिवारलाई एकछाक खान टार्न पनि भ्याएको छ । तर, परिवारले उमेशलाई गुमाएकै महसुस गर्छन अहिले पनि । करिब १० बर्ष बढीदेखि उनी जेलमा जीवन विताइरहेका छन् । हत्या गरिएका भनिएका पाकीस्तानी पीडित परिवारसँग समन्वय भए उमेशको सजाय आममाफी हुन सक्ने सँकेत छ । सउदी अरबमा बस्दै आएका नेपाली कामदार तथा गैर नेपाली आवासीय सँघले समयमा पहल गरे उमेशलाई घर फर्काउन सक्छ ।

उमेशको लागि अदालतले माग गरेको ब्लडमनि तिर्न सके उमेश आफनो घर फर्कन सक्छ ।  सउदी अरबमा सक्रिय नेपाली सँघ सँस्थाहरुलाई यसमा पहल र सक्रियताको आवश्कयता देखिन्छ । नेपाली कामदारहरुले नै एक एक रुपैयाँ जम्मा गरेर भएपनि उमेशलाई कारागारबाट मुक्त गराउन सक्छ । रोईरहेका छन् उनका परिवार, श्रीमतिको ठेगान छैन भने छोराछोरीलाई बाबू पनि हो भनेर विर्सिसकेको अवस्थामा उनको घरपरिवारसँग उनलाई मिलाउनु सबैको अहम भूमिका निर्वाह गर्नु आवश्यक छ ।

कहिलेकाही जेलबाटै चोरेर फोनमा कुरा
करिब १२ बर्षदेखि सउदी जेलमा जीवन विताईरहेका धनुषाका उमेश यादव आफ्नी आमालाई कहिलेकाही चोरेर जेलबाटै फोनमा कुरा गर्छन् । उमेश फोनमा मात्र ५ सेकेन्ड जति कुरा भन्छ स् म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु अनि फोन काटिन्छ । छरछिमेक र आमाबुवाको आँखा त्यतिबे ला रसाएर धुनुधुनु रुनु बाहेक अन्य कुनै माहौल हुँदैन ।
सउदी अरेबीया अदालतले टाउको काटेर २४ घण्टा झुण्डयाउने आदेश गरिसकेको छ, तर कार्यन्व्यन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ बर्षदेखि बन्दी बनाएर जेलभित्रै राखिएको छ ।

धनुषाको साबिक माचि झिटकैया वडा नं। ४ तथा हाल कमला नगरपालिका वडा नं। ३ बस्ने आमा कुमैर देवी र बुवा भोला यादवको साईला सन्तान हुन उमेश । गरिबीले सताएपछि विदेशिएका उमेशले सउदीको जिलादीन कम्पनीमा ६ महिना काम गरे । त्यसपछि यो दुर्घटना हुन पुग्यो ।
४ दाजुभाई रहेका उमेशबाट यस्तो घटना भएपछि सबभन्दा कान्छो भाई दिनेश यादव कहाँ भागेर गए, उमेशका भाई दिनेश पनि सउदीमै वैदेशिक रोजगारीमा रहेको बेला उत्ता उमेशको भाई दिनेशलाई पनि पक्राउ गरी सउदी पोसिले ६ महिना जेलमा राखे ।

६ महिनापछि कम्पनीको पहलमा हिरासतमुक्त भएका दिनेश पुनः आफ्नै गाउँ पुगेर खेतीपाती गरे र अहिले धारापानी कुम्हरामा कामकाज गरी जीवन धानेका छन् र दाजु उमेशको हालात देखेर पुनः कहिल्यै विदेश नजाने प्रतिज्ञा पनि गरेका छन् ।

उमेशका जेठो दाजु शम्भु यादव, महिला दाजु लाले यादव, र सबभन्दा कान्छो भाई दिनेश यादव रहेका छन् । ४ दाजुभाईमा २ कठ्ठा जमिन मात्र थियो, सउदीमा उमेशलाई सजाय र १२ बर्षदेखि घर नफर्केपछि ३ दाजुभाईले बाँडेर उमेशको भागको सबै बेचबिचखन गरी सकेको अवस्था छ ।

धनुषाको महेन्द्रनगरमा छन् उमेशका श्रीमती र छोराहरु  

सजाय सुनाईका उमेशको दुई छोरा छन् जेठो छोरा कमलेश यादव र कान्छो छोरा हितेष यादव । दुवै छोरालाई लिएर उनका श्रीमति मन्जुदेवी यादव धनुषाको सखुवा महेन्द्रनगरमा काम गरी सन्तान पालेका छन् । बृद्ध बुवाआमा भन्छ, जेलबाटै साथीको मोबाईलबाट कहिलेकाही फोन गर्छन र बढीमा ५ सेकेन्ड कुरा गर्छ उमेश, उ एउटै कुरा भन्छ स् ुम घर आउँछु आमा, मेरा छोराहरु कता छन रु यति भन्दैमा फोन काटिन्छ । शायद अरुको मोबाईलबाट चोरेर फोन गर्छन र जेलका सुरक्षाकर्मीले मोबाईल खोस्छन् त्यही भएर यतिको कम कुरा गर्छन उमेश ।

सउदी स्थित रहेको नेपाली दुतावासले पहल थालेको सुनिएको छ तर चासो भने त्यति नलिइएको देखिएको छ । तावासले चासो लिए उमेशलाई सुनाइएको सजाय आम माफी हुने पक्का छ । हत्या गरिएका पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी ७० लाख रुपैयाँ माग गरेको बुझिएको छ । ब्लडमनी तिरेपछि अदालतलाई उसको परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने लगभग पक्का छ । नेपालबाट युवा, मन्त्रालय , दुतावास र समाजिक सँस्थाहरु पहलकदमी गरे उमेश यादव घर आउन पाउने छ ।

उमेश यादवको मुद्दाबारे सुनुवाई हुने
सउदी जेलमा विगत १२ बर्षदेखि बन्द रहेका धनुषाका उमेश यादवको मुद्दा बारे सुनुवाई हुने भएको छ । उमेशलाई सउदी अरबमा सजायबारे विभिन्न सञ्चार माध्यमहरुमा आएपछि जागरुक भएका सरोकारबालाहरुले उमेशबारे विस्तृत खोज्य व्यस्त भएका छन् । यसैक्रममा समाजिक अभियन्ता एवम तराई मधेस राष्ट्रिय परिषद्का सदस्य सरोज रायले उमेशको मुद्दाप्रति चासो लिंदै विस्तृत खोजतलासमा लागेका छन् ।

सउदीमा उमेशसँग भएको दुर्घटना र १२ बर्षदेखि जेलमा बन्द उमेशको बारेमा प्रकाशित समाचार तथा यथार्थ बारे पहल थालेका छन् । रायले विभिन्न सँचार माध्यमहरुमा उमेश बारे आएको समाचारप्रति टिप्पणी गर्दै घाँटी काटेर झुण्डयाउने, ब्लडमनी ७० लाख दिए मात्रै उमेश घर फर्कन पाउने समाचार गलत रहेको टिप्पणी गरेका छन् । विभिन्न समयमा विभिन्न मिडियाहरुले उमेश सम्बन्धि उठाएको समाचारप्रति सरोकारवालाहरुले चासो नलिएपछि ८ बर्षपछि फेरी न्यूज ब्यूरोले उमेशको घटना बारे समाचार प्रकाशित गर्दा हलचल भएको छ ।

समाचारलाई आधार मानी सरोकारवालाहरुले उमेशको मुद्दामा विशेष ध्यानाकर्षण देखाएको छ भने देश विदेशमा बस्ने नेपालीहरुले हरेक प्रकारको सहयोग गर्नको लागि तयार पनि भएका छन् ।
उमेशको घटनाबारे समाजिक अभियन्ता एवम् तराई मधेस राष्ट्रिय परिषद्का सदस्य सरोज राय आफनो फेसबुकमा यसरी लखेका छन् ।

साउदी जेलमा बन्द उमेश यादववारे पाएको जानकारी : 
१. सन् २००६ मा धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान उमेश यादव गरिबीबाट मुक्त हुन सउदी अरब पुगेका थिए ।

२. काठमाडौँमा रहेका सुभास मेनपावर कम्पनिबाट उनि लेवरको काममा साउदी बिनलादीन कम्पनीमा पुगेका थिए ।

३. सउदी पुगेका २ महिना पछि नै उनि संग काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद वाजिर संग उमेशको झडप हुन्छ र त्यसमा वाजिरको मृत्यु हुन्छ ।

४. त्यस पछि उमेशलाई पक्राउ गरि र जुबैलको जेलमा राखियो । यस्तो घटना भएपछि भाइ दिनेश त्यहाँबाट भागे तर पछि उनलाई पनि पक्राउ गरी सउदीको जेलमा छ महिना राखे । छ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनः आफ्नै गाउँ फर्के ।

५. जुबैलका स्थानीय अदालतले ल्यख द्दण्ज्ञज्ञ मा उमेशलाई दोषी करार गरि मृत्यु दण्ड दिन्छ। मृत्यु दण्ड दिएको एक(दुई दिन पछि सउदी प्रशासनले सउदी अरब स्थित नेपाल राजदुतावासलाई यस वारे अवगत गराउँछ र दूतावाससंग उमेश वारे थप जानकारीको मांग गर्छ तर त्यस बेला दुतावास संग कुनै जानकारी हुँदैन। केहि दिन पछि मात्र दुतावासले उमेश यादव वारे थप जानकारी संकलन गर्न सफल हुन्छ। ९कयगचअभस् प्बतजmबलमग उयकत, ल्यख द्दछ द्दण्ज्ञज्ञ०

६. द्दण्ज्ञज्ञ मा सउदीको लागि नेपाली राजदुत रहेका उदय राज पाण्डेले उमेशलाई बचाउन पहल सुरु गर्छ । लगभग एक वर्ष सम्म सउदी अधिकारी र पाकिस्तान दुतावाससंग उमेशलाई बचाउन पहल गरिन्छ र व्बलगबचथ द्दण्ज्ञद्द मा पिडित परिवारले मृत्यु दण्ड दिनु बाट उमेशलाई माफी दिन्छ । तत्कालिन राजदुत उदय राज पाण्डेले यसको लागि सउदी अधिकारी र पाकिस्तान दुतावासका अधिकारीलाई धन्यवाद दिन्छ । ९क्यगचअभस् ब्चबद ल्भधक, ण्घरज्ञद्दरद्दण्ज्ञद्द०

७. पिडित परिवारबाट माफी पाएपछि उमेशको मृत्यु दण्ड रोकिन्छ र उनलाई जेल कैदमा राखिन्छ। यता पिडित परिवारले मांग गरेको अनुसारको ब्लडमनी उपलब्ध गराउन तत्कालिन राजदुत उदय राज पाण्डेले पहल गर्ने समाचार घ व्बलगबचथ द्दण्ज्ञद्द, ब्चबद ल्भधक मा प्रकाशित भएको थियो ।

८. यस पछि के हुन्छरु राजदुतको पहल काँहा सम्म पुग्छ वारे जानकारी लिन कोशिस गरे तर अहिले सम्म कंहि भेटेन।यता नेपाल स्थित केहि मेडियामा अचानक उमेश वारे समाचार निस्किन्छ। समाचारमा सउदी अदालतले चांडै उमेशको टाउको काटेर २४ घण्टा झुण्डयाउने आदेश दिएको छ र पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी रु ७० लाख माग गरेको बुझाउन सके र अदालतमा मृतकका परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने संभाबना छ भनेर उल्लेख गरिएको छ।

घांटी काटेर झुण्डयाउने खबर सुनेर मन एकदम दुखि हुन्छ र उमेशलाई बचाउन पहल सुरु गर्छु। नेटबाट विभिन्न जानकारीहरु एकत्रित गर्छु । यहि दौरान सउदी स्थित नेपाली दुतावास संग सम्पर्क गर्छु । अहिले सउदीको लागि नेपाली राजदुत रहेका महेन्द्र सिंह संग विस्तारमा कुरा हुन्छ र उनले गराएका जानकारी सुनेर आश्चर्य हुन्छ।

१. नेपाली मेडियामा घांटी काट्ने र ब्लडमनी रु ७० लाखको कुरा एकदम गलत रहेका जानकारी राजदुतले गराए।

२. राजदुतको घर पनि उमेशको गाउँबाट नजिक रहेको छ । जेलबाट उमेशले निरन्तर महिने पिछे राजदुतलाई फोन गरिरहेको छ।

३. आज भन्दा १२ दिन पहिला जुबैलको स्थानीय अदालतले उमेशको मुद्दामा सुनवाई गरेको छ जसमा नेपाली दुतावासबाट पनि पदाधिकारी गएका वारे राजदुतले जानकारी गराए।

४. अगाडी राजदुत सिंहले पाकिस्तानी पिडित परिवार धेरै साल देखि सम्पर्क विहिन रहेकोले ब्लडमनी दिने सम्भावना कम रहेको छ र सउदी अदालतले पनि उमेशलाई छोड्ने मन बनाएको जानकारी दिए । ५। ४० दिन पछि अर्थात आजभन्दा २८ दिन पछि उमेश वारे अहम फैसला हुनेछ।

अब हामीले २८ दिन पछि सउदी अदालतले गर्ने अहम फैसलाको पर्खाइ गर्ने पर्छ । यदि ब्लडमनी चाहिन्छ नै भन्ने त्यसको लागि पनि हामी तयार बस्नु पर्छ । यता आज नै उमेश यादवको श्रीमती संग फोनमा मेरो कुरा भएको छ । उनलाई मेडियामा उमेश वारे आएको समाचार झुठो रहेको र यथार्त वारे जानकारी गराए ‘

उमेश यादवसँग प्रत्यक्ष कुरा
यतिबेला नेपालमा जल्दोबल्दो मुद्दाको रुपमा रहेको सउदीमा मृत्यू दण्ड सुनाइएका ‘उमेश यादवु, पत्रकार काशिन्द्र शर्मासँग प्रत्यक्ष कुरा राखेका छन् । विगत १२ बर्षदेखि सउदीको जेलभित्र जेली जीवन बिताईरहेका धनुषा कमला नगरपालिकिा वडा नं। ३ का ३७ बर्षिय उमेश यादव आफ्ना एक साथी मार्फत पत्रकार शर्मासँग प्रत्यक्ष कुराकानी गरेका छन् ।

सन् २००६ सालमा गरीबीले सतिएका उमेश बैदेशिक रोजगारीको लागि सउदी पुगेको ६ महिना नवित्दै एक पाकिस्तानी नागरिकसँग भएको हाथाबाहीमा दुर्घटना हुनपुग्छ र उमेशलाई अदालतले सजाय सुनाउँछन् । पाकिस्तानको कराँची बस्ने ३३ बर्षिय ९सन् २००६ ० मो। लतिपसँग भनाभन हुँदा भएको दुर्घटनामा लतिपको मृत्यू भएको उमेश बताएका छन् । ूसन् २००६ मा सउदी गएका उमेशले एकै कम्पनीमा काम गर्ने मो। लतिपसँग मात्र केही भनाभन भएको थियो, त्यतिकैमा धोकाले गम्भिर दुर्घटना हुन पुग्छू’ उनले भने ।

मैले मो। लतिपलाई हत्या गरेको होईन, त्यो मात्र दुर्घटना थियो, हामी सँगै एकै कम्पनीमा काम गथ्र्यौ, कहिलेकाही त सँगै काम गथ्यौँ तर एक दिन नेपाल र नेपालीको बिषयलाई लिएर भनाभन भयो । हामी दुवैमा हाथाबाही भयो र लतिप भुईमा लडदा घटना भयो । उनले पत्रकार शर्मासँग भने । ‘मो. लतिपको घर पाकिस्तानमा कहाँ हो मलाई पूर्णतः सही थाहा छैन तर, साथीले भने अनुसार, कम्पनीमा काम गर्ने साथीको अनुसार र मैले पनि बुझेसम्म उनी पाकिस्तानको कराँचीबाट थियो । काशिन्द्र जी, मैले उनलाई हत्या गरेको होईन, म सिधासाधा गाउँको मान्छे, विदेशमा आएर के धाक लगाउनु र के झगडा गर्नु, बस्सस नेपालको मान्छे यस्तो हुन्छ भनेर भन्दा भनाभन भयो त्यति मात्र हो ।’ कुराकानीमा उमेशले राखे ।

करिब २० मिनेट जति पत्रकार शर्मासँग गरेको कुराकानीमा उमेशले आफ्नो घटना र सजाय भन्दा पनि आफ्नो आमाबुवा, दाजुभाई र पत्नी तथा छोराको बारेमा मात्र सोधिरहे । करिब १८ बर्ष पहिले धनुषा मडेबाकी मन्जु यादवसँग वैवाहिक बन्धनमा बाँधिएका उमेश विवाहको ६ बर्षपछि नै विदेशिए । जेठा छोरा कमलेस र कान्छा हितेषलाई राम्ररी हेर्न पनि नपाएका उमेश कैदी जीवन बिताउँदा विताउँदै छोरा र पत्नीले पनि रुदाँ रुदैँ आँसु सुकाईसकेकी उमेशले भने । ‘काशिन्द्र जी, तपाईको समाचार पनि हेर्न पाए मोबाईलमा, हुनत जेलभित्र मोबाईल अलाउ छैन, तर तपाईले मेरा साथीलाई सम्पर्क गर्नुभयो, साथीले मेरो समाचार देखाईदिनुभयो र तपाईसँग कुरा पनि गराईदिनुभयो, मलाई आज असाध्यै खुसी लागेको छ । तपाई आफ्नै गाउँतिरको मान्छे, तपाईलाई शायद मैले २०६० सालतिर माचिको नयाँ बजारमा हेरेको थिए, त्यो बेला त तपाई….अहिले मेरो लािग तपाई केही गरिराख्नुभएको छ , शुक्रिया, बहोत मेहरबानी ! भनेर आफ्नो मातृभाषामा खुसी प्रकट गरे ।

कुराकानी दौरान पत्रकार शर्माले भने, ‘उमेश जी , मैले मात्र तपाईलाई फ्लोअप गरेको छु, करिब ८ बर्षअघि पनि तपाईको घरमा गएर समाचारको लागि सबै सुचना बुझेको थिए, मैले ८ बर्षपछि पनि त्यही समाचारलाई स्थान दिएको छु, मैले आफ्नो धर्म निर्वाह गरेको छु, तर नेपालमा अहिले तराई मधेस राष्ट्रिय परिषद् भन्ने सँगठन छ, विशुद्ध समाजिक सँगठन र त्यसकै सदस्य सरोज राय जी तपाईको लागि जुन कदम चाल्नु भएको छ वास्तवमा त्यो सराहनीय र अथक छ । उहाँले अब चासो लिसक्नुभएको छ, उमेशजी तपाई चिन्ता नगर्नुस, धैर्य राख्नुस, जे होला राम्रो होला ।’ २७ दिनपछि पुनः अदालतमा पेशी भएको जनाउँदै उमेशले एम्बेसीका आनन्द शर्मा, हरि पाण्डेले त्यति बेला नै चासो लिएको भए आज म जेलमुक्त भइसकेको हुन्थे भनेर औल्याए ।

उनले भने, ‘विजय यादव की विजय कर्ण के हो, मलाई थर थाहा भएन तर विजय नै हो, उहाँ पनि दुतावासका मान्छे जो की अदालतमा पेशी हुनुभन्दा २ दिन पूर्व मात्र जानकारी दिन आउनुहुन्छ । पहिलो पटक आउनुभयो र भन्नुभयो की तिमिलाई ७ सालको जेल सजाय भयो, फेरी ७ सालपछि आएर सजाय १२ साल भएको सुनाए, मैले राम्ररी पहल गर्न बारम्बार आग्रह गरे तर उहाँहरु टाईट नै भएन के । अब १२ साल पुग्न पनि एक महिना मात्र बाँकी छ, हेरौँ के हुन्छ रुू
आफ्नो दुवै छोरालाई पढाई लेखाईदिन आग्रह गर्दै उमेशले भने,’म १२ बर्षदेखि नै जेलभित्र भएकोले एक कौडी पनि घर पठाएको छैन, यस्तोमा दुवै छोराको चिन्ताले सताएको छ ।’
करिब २० मिनेटको कुराकानीमा उमेशले आफ्नो पेशी, अदालती प्रक्रिया, परिवार र देशको बारेमा सोधेका थिए भने पत्रकार शर्माले उमेशको लागि थालिएको पहल, चासो र टिएमएनसी का सदस्य सरोज राय ले चालेको कदम र प्रयास बारे जानकारी गराएका थिए ।

उमेश यादव बचाउको लागि पहल तीव्र
सउदी अरेबियामा मृत्यू दण्ड सुनाईएका धनुषाका उमेश यादव बचाउको लागि पहल तीव्र पारिएको छ । उमेशलाई बचाउनको लागि सरकारी निकायहरु सक्रिय भएका छन् भने तराई मधेस राष्ट्रिय परिषद्का सदस्य एवम् समाजिक अभियन्ता सरोज राय समेत सक्रियतालाई ताजगी दिएका छन् ।

बुधबार नेपालस्थित पाकिस्तान एम्बेसीमा पुगेर उमेश बचाउ अभियान अन्तर्गत राय सहित तराई मधेस राष्ट्रिय परिषदकै सदस्य जय नारायण यादव सहितले उमेश बारे विशेष जानकारी गराएका छन् । सउदी जेलमा रहेको उमेश यादवलाई बचाउने अभियानमा राय र यादव पुगेर एम्बेसीका सिनीयर अफिसर कमरान अलीसंग भेटवार्ता गरि पहलका लागि अनुरोध गरेका छन् ।

अभियन्ता रायले भने ूकमरान अली ज्यूले हाम्रो कुरा प्रति सकारात्मक हुंदै भन्नु भयो “तपाई नेपालमा बसेर जति जानकारी राख्नु भएछ त्यति जानकारी त्यहांका दुतावाससंग पनि हुंदैन। तपाईले एक नेपालीलाई बचाउन जुन पहल थाल्नु भएछ त्यो धेरै नै सकारात्मक छ र हामी सक्दो सहयोग गर्न तयार छौं। नेपाल र पाकिस्तान बिचको सम्बन्ध संधै समधुर रहोस् भनेर हाम्रो पनि चाहना छ।” । एम्बेसीका कमरान अलीले विगत १२ बर्षदेखि जेलमा रहेको धनुषाका उमेश यादवको बारेमा साकारात्मक चासो देखाउँदै हरसम्भव प्रयास जारी राख्ने आश्वासन दिएका छन् ।

धनुषा कमला नगरपालिका वडा नं। ३ तथा साबिक माचि झिटकैया वडा न ४ बस्ने भोला यादवका ३७ बर्षिय छोरा उमेश यादव विगत १२ बर्षदेखि सउदी जेलमा जीवन विताईरहेका छन् । सन् २००६ देखि नै उमेश एक पाकिस्तानी व्यक्तिको हत्याको आरोपमा कैदी जीवन विताईरहेका उमेशलाई सउदी अदालतले मृत्यूदण्डको सजाय सुनाएका छन् भने कार्यन्वयन हुन बाँकी छ । आउँदो २४ दिनपछि अदालतले फैसला गर्ने जनाइएको छ ।

उमेश यादवको फैसला आँउदो सोमबार
सउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला आँउदो सोमबार हुने भएको छ । विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं। ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने भनेर अबको ४ दिनपछि अहम फैसला हुने बताइएको छ । सन् २००६ सालमै एक पाकिस्तानी नागरिकसँगको भनाभनकै क्रममा हुन पुगेको दुर्घटनामा दोषी करार दिँदै घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने सउदी अदालतले आदेश दिएको छ ।

हालाकी, दुर्घटनामा ज्यान गएका पाकिस्तानी नागरिक मो। लतिपको परिवारले उमेशलाई आममाफीको लागि राजी भएको भन्दै सउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालै स्थगित गरेको हो । दुर्घटनामा मृत्यू भएका मो। लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केहीदिनपछि उनले अर्को विवाह गरेको तथा मृतक लतिपको आमाबुवाले उमेशको आममाफीको लागि भनिसकेको बुझिएको छ ।

लतिपकी श्रीमति र बुवाआमाबीच ब्लडमनीकै लागि तनावभएपछि ब्लडमनी चाहिएको वा नचाहिएको भनेर प्रष्ट समेत हुन नसकेपछि सरोकारबालाहरुसमेत अलमलमा परेका छन् । मृतक लतिपको परिवारलाई ब्लडमनी नै चाहियो भने नेपाल र विदेशमा रहेका नेपालीहरुले जतिसुकै बेला पनि ब्लड मनी जुटाउन सकिने आश्वासन दिएका छन् । तर, ब्लड मनि आवश्कता प्रष्ट भईनसकेको कारण उमेशको मुद्दा विगत १२ वर्षदेखि मन्द गतिमै चलिरहेको छ ।

उमेशको मुद्दाप्रति चासो लिँदै विभिन्न सँघसँस्थाहरुले उक्त सजाय कार्यन्वयन हुनबाट रोक्न विभिन्न प्रयास थालिसकेका छन् भने पाकिस्तानी एम्बेसी समेत उमेशको मुद्दाप्रति साकारात्मक चासो देखाएकोले उमेशको सजाय आम माफीमा परिणत हुने शुभ सँकेत देखिएको छ । आउँदो चैत्त २६ गते अर्थात ईति सम्वत् ९ अप्रिल २०१८ को अहम फैसला हुने जनाइएको छ । उमेशको फैसलाको लागि देशवासी प्रतिक्षामा छन् ।

उमेश यादवले लिए राहतका साँस

विगत १२ वर्षदेखि सउदीको जेलमा जेलिया जीवन विताइरहेका धनुषाका उमेश यादवले राहतका साँस लिएका छन् । सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्याको अभियोग लागेका उमेशलाई सउदी अदालतले १२ वर्षदेखि कैदमा राख्दै आज ८ अप्रिलको अहम फैसला गर्ने जानकारी गरिएको थियो ।

सउदी अदालतमा पेशी भएका उमेशको मुद्दामा सुनुवाई गरेपनि अदालतले कुनै अहम फैसला भने नसुनाएको हो । आज भएको पेशीमै उमेशको अन्तिम फैसला हुने भनिएपनि आज चढाइएको पेशीमा मात्र अदालतले पुराना फाईलहरु झिकाउन आदेश गरेको छ । उमेश यादव मुद्दाका पुरानो फाईलहरु झिकाएपछि मात्र नयाँ सुनुवाईको लागि मिति तय गरिने जनाइएको छ ।

आज हुने भएिको अन्तिम फैसला अदालतले रोकेपछि उमेशले राहतका साँस लिएका छन् भने नेपालीहरुमा समेत हौसला छाएको छ । उमेशको लागि जीवन वा मृत्यूको फैसला आजै हुने भनिएको भएपनि अदालतले मात्र फाईल झिकाउन आदेश गरेपछि समाजिक अभियन्ता एवम् तराई मधेस राष्ट्रिय परिषद्का सदस्य सरोज रायले नेपाली दुतावासले बीचको समयमा उमेशको लागी कडा पहल थाल्नुपर्ने बताएका छन् ।

अभियन्ता सरोज रायले फेसबुकमा लेखेका छन् :

अस्ति मेरो हातमा उमेश यादव वारे २ साल पहिला सुनवाई गरिएको एउटा अदालतको कागज हात पर्यो । त्यसमा लेखिएको अरबी भाषालाई पढी एकजनाले जानकारी गरायो कि ू२००६ मा हत्या भएको पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको परिवारबाट हालसम्म कोइ पनि सम्पर्कमा नआएको, आममाफी वा दयियम mयलभथ को लागि पनि कोइ नआएको ले अब यस वारे अदालतले नै फैसला गर्नेछ ।

यंहा प्रश्न उठ्छ-यसवारे सउदीमा रहेका नेपाल दुतावास वा नेपालको कुनै सरकारी निकायलाई किन जानकारी छैनरु जम्मा १५-२० दिन देखि उमेश यादव वारे हामीले चासो देखाए पछि, उमेश यादवको पासपोर्ट न । लगायत उनि संग जोडिएको हरेक जानकारी जम्मा गर्न सक्छु तर सरकारी निकाय के गरेर बसेको ? भोली उमेश यादववारे सउदी अदालतमा सुनवाइ र फैसला हुन् सक्छ । धेरै दिन देखि पाकिस्तानी परिवार सम्पर्क विहिन रहेकोले उमेशलाई माफी दिने सम्भावना धेरै रहेको छ । आशा गरौँ कि भोली आउने फैसला उमेशको पक्षमा नै रहनेछ ।

यदि कुनै कारण भोली माफी हुन् सकेन भन्ने फेरी पांच वर्ष जेलकैदको समय थप्न सक्ने सम्भावना पनि छ । भोलिको फैसला पछि धेरै कुरा प्रष्ट हुन्छ । यो होइन कि मृतक लतिफ वसिरको परिवारको कुनै अतो(पतो छैन। पाकिस्तानको फैसलावादमा घर भएका लतिफको श्रीमतीले अर्को विहे २०११ भन्दा पहिला नै गरिसकेको र उनका आमा(बुवाको मृत्यु पनि २ साल पहिला भइसकेको जानकारी पनि हामी संग छ ।

अब लतिफको करिवी नातेदारमा उनका आफ्नै दाइ सकिफ वासिर आज पनि फैसलावादमा नै रहेको र उनका फोन न। ९ं९२३०७४८८४…. समेत पाकिस्तानमा रहेको नेपाली दुतावासबाट जानकारी प्राप्त भएको छ । यति हुँदा हुँदा सरकारी निकायबाट चासो नहुनु धेरै दुखद कुरा हो । उमेश यादवले जानकारी गराए अनुसार उनले मद्दतको लागि धेरै जना संग गुहार लगाए तर मद्दत त् दुर १२ वर्षमा उनि संग भेट्न कोइ जेलमा पनि पुगेको छैन ।ू

नेपाली कामदारहरु आँखा रसाएरै विदा बसे
सउदीमा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादवको फैसलाको प्रतिक्षा गर्दै कैयौँ नेपाली कामदारहरु आज काम गरेका छैनन् । कत्तार र सउदीमा कतिपय कम्पनीका सँचालकसँग उमेशको बारेमा धारणा राखेपछि सबै कामदारलाई छुट्टी नै दिए ।

आज ९ अप्रिलका दिन उमेशको मुद्दाको बारेमा अहम फैसला हुने समाचार विभिन्न सँचारमाध्यममा आएपछि मधेसी मूलका नेपाली कामदारहरु सहित उमेशको बारेमा जानकारी भएका कामदारहरु आँखा रसाएरै विदा बसेका छन् ।
हालाकी, प्रत्येक कम्पनी र प्रत्येक ठाउँमा विदा नदिएपनि कामदारहरुले आफैँले पनि हिजो र आज उमेशको फैसलाको प्रतिक्षामा काम गरेनन् ।

मनमा तनाव र बोझ लिएर उनीहरु मात्र उमेशको ज्यानको भिख माग्दै ईश्वर, अल्लाहसँग प्रार्थना गर्दै काम ठप्प पारेको न्यूज ब्यूरोसँग कामदारहरु फोन मार्फत धारणा राखेका छन् । ज्ञातत्व छ, ९ अप्रिल सोमबारको फैसला हुने भनिएपछि उमेशको पेशी भने हिजो आईतबार नै चढेको थियो भने कुनै अहम फैसला नै नभई मात्र पुराना फाईल झिकाउने आदेश गरिएको छ ।

पुराना फाईलहरु मात्र झिकाउने आदेश भएपछि नेपालीहरुमा केही आस जागेको छ । अब उमेशलाई माफी हुने सम्भावना बढेको छ भने समाजिक अभियन्ताहरुले यस बीचमा नेपाली दुतावासलाई कडा रुपमा सक्रिय हुुनुपर्ने सुझाव दिएका छन् । उमेशलाई माया गर्नेहरुले आज काम बन्द गरी उनको लागि प्रार्थना बसेका थिए ।

नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयले थप सक्रियता
विगत १२ बर्षदेखि सउदी अरेबीयाको जुबेल जेलमा कैदी जीवन बिताईरहेका धनुषा उमेश यादवको मुद्दामा नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयले थप सक्रियता बढाएको छ । धनुषाको कमला नगरपालिका वडा नं। ३ पर्सा घर भई हाल सउदी अरेबीयाको जेलमा रहेका उमेश यादवबारे समाजिक सञ्जालहरुमा तथा विभिन्न सँचार माध्यमहरुमा आएको भ्रामक समाचारप्रति विश्वास नगर्न आग्रह गर्दै सउदी अरेबीया स्थित रहेको नेपाली दुतावासले उमेशको मुद्दामा थप सक्रियता बढाएको जनाइएको छ ।

बुधबार दुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै उमेशको मुद्दा सउदी अरेबीया अदालतमा विचाराधिन रहेको र हालसम्म अन्तिम फैसला भईनसकेको जनाइएको छ । नेपालबाट सँचालित केही गैरकानुनी मिडिया र वेभसाईटहरुले उमेशको बारेमा अनर्गल, कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेको भन्दै उनको परिवाजनमा अनावश्यक तनाव र चिन्ताको साथै सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको भन्दै यसको पछाडी नलाग्न आग्रह गरेका छन् ।

समाजिक सञ्जाल वा अनलाईन मिडिया तथा पत्रपत्रिकाहरुमा केही लेख्नुभन्दा पहिले सम्बन्धित निकायमा सोधपुछ गरी यथार्थ बुझेरमा मात्र लेख्न अनुरोध गरेको हो । यता, तराई मधेस राष्ट्रिय परिषदका सदस्य सरोज रायले बुधबार नै परराष्ट्र मन्त्रालय पुगेर उमेश यादव तथा उमेशसँगै रहेका उदयपुर जिल्लाका विवेक दाहालको मुद्दामा वार्तालाप गर्दै सबै कागजातसहितको फाईल परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बुझाउँदा साकारात्मक देखिएको बताइएको छ ।

फाईल बुझदै मन्त्री ज्ञवालीले आफ्नो नीजि सचिवलाई तुरुन्तै पहल गर्न आदेश दिएको भनेर अभियन्ता सरोज रायले आफ्नो फेसबुकमा लेखेका छन् । सउदी अरेबीयाको अदालतले गत ८ अप्रिलको अन्तिम फैसला सुनाउने भनिएपनि अन्तिम फैसला रोक्दै पुराना फाईलहरु मात्र झिकाउने आदेश गरेपछि उमेश यादवलाई आममाफी हुने प्रवल सम्भावना रहेको छ ।

सन् २००६ मा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा विगत १२ वर्षदेखि सउदीको जेलमा उमेश कैदी जीवन विताईरहेका छन् । एक पाकिस्तानी नागरिकसँग भएको भनाभनकै क्रममा दुर्घटनावंश मृत्यू भएपछि उमेशलाई दोषी करार दिँदै मृत्यूदण्डको सजाय सुनाएको हो । यता, दुतावास र परराष्ट्र मन्त्रालयको सक्रियता बढेपछि उमेशलाई आममाफी हुने सँकेत देखिएको छ ।

समाजिक अभियन्ता सरोज राय पाकिस्तानको लागि प्रस्थान
सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि समाजिक अभियन्ता सरोज राय आज पाकिस्तानको लागि प्रस्थान गरेका छन् । करिब १२ बर्षअघि सउदी अरेबियामा कामको शिलशिलामा भएको आपसी भनाभनपछि भएको दुर्घटनामा पाकिस्तानी नागरिक मो। लतिपको मृत्यू भएपछि सउदी अदालतले उमेशलाई मृत्यूदण्डको सजाय सुनाएको हो ।

आउँदो बैशाख ३० गतेसम्म उमेशको लागि अन्तिम म्याद भएपनि पुनरावेदन अदालतमा उमेश बचाउको लागि, आममाफीको लागि अपिल गर्ने समय रहेकोले राय मृतक लतिपको परिवारबाट क्षमापत्र अर्थात माफी पत्र ल्याउको लागि आईतबार विहानै पाकिस्तान प्रस्थान गरेका छन् ।

केही दिन अघि मृतक लपिका जेठो दाजुसँग भएको कुराकानीको आधारमा लपितको जेठा दाजुले माफीनामा दिनको लागि तयार भएपछि राय आजै पाकिस्तान रबाना भएका हुन् ।  तराई मधेस राष्ट्रिय परिषदका सदस्य समेत रहेका अभियन्ता राय उमेश बचाउको लागि निरन्तर कार्य जारी राखेका छन् भने उमेशको मृत्यूदण्डको समय सिमित भएपछि झन सक्रियता बढाएका हुन् । मृतक लतिपका परिवारले माफीनामा दिएपछि सउदी अरेबियाको पुनरावेदन अदालतमा आममाफीको लागि अपिल गर्ने बाटो खुलेको छ ।

यस विषयमा नेपाली दुतावास एवम् परराष्ट्र मन्त्रालयले निकै चासो देखाएपछि उमेशलाई आममाफीको लागि सहयोग पुग्ने बताइएको छ । सन् २००६ देखि अर्थात् विगत १२ बर्षदेखि सउदी अरेबियाको जुबेल जेलमा जेली जीवन विताईरहेको धनुषा कमला नगरपालिका वडा नं। ३ का उमेश यादवलाई पाकिस्तानी नागरिक मो। लतिपको हत्याको आरोपमा मृत्यूदण्डको सजाय सुनाएको हो ।

यता, उमेशले लतिपको हत्या नगरेको तथा दुर्घटनावंश उनको मृत्यू भएको बताउँदै आएपनि अदालतले कसुरवार ठहर गर्दै आउँदो १३ मई २०१८ को मृत्यूदण्ड दिइने जनाइएको छ । अब मृतक लतिपको परिवारले माफीनामा दिए मात्र उमेशको लागि थप पहल हुने भएपछि लतिपको परिवारसँग अभियन्ता सरोज रायको कुराकानीको आधारमा माफीनामा दिन सहमत भएपछि आईतबार पाकिस्तानको लागि प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्