Logo
८ बैशाख २०८१, शनिबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विजरल्यान्डमा स्व.राजाको नाममा ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेच्दै

स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बियर बनाएर बेचिरहेको छ । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ।

स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो ।  Turbinenbräu नामको स्विजरल्याण्डकाे कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो।

तर अर्काे www.intercomestibles.ch नामक वेबसार्इटका अनुसारयो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो। र यो बियरको मुल्य CHF 44.40 पर्छ । यसकाे नेपाली भनेकाे ४ हजार ८ सय २७ रूपैंया हो ।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्