Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीको ६०, मन्त्री ५२, राज्यमन्त्री ४९ र सांसदको ४५ हजार पारिश्रमिक

रुपन्देहीः प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले जनप्रतिनिधिको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक सिफारिस गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकले सदस्यहरूको पारिश्रमिक निर्धारण, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूको पारिश्रमिक निर्धारण सम्बन्धी विधेयक दर्ताका लागि अनुमोदन गरेको छ ।

पर्यटन मन्त्री लीला गिरीलका अनुसार बैठकले प्रदेशसभा सचिवालय गठन गर्ने ३ वटा विधेयक पनि दर्ताका लागि अनुमोदन गरेको छ । उक्त विधेयक वैशाख १२ का लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रस्तुत गरिने भएको छ । मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको ६० हजार, मन्त्रीहरूको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिक सिफारिस गरेको छ ।

त्यस्तै, प्रदेशसभाका सदस्यसहित सभामुख, उपसभामुखको पनि पारिश्रमिक सिफारिस गरिएको हो । सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार सेवा सुविधा सिफारिस गरिएको छ । त्यस्तै, प्रतिपक्ष र सत्तापक्ष दुबैको तर्फबाट सभामा सचेतकको भूमिका निर्वाह गर्ने प्रदेश सचेतकका लागि ४८ हजार र सभासदहरुको ४५ हजार पारिश्रमिक सिफारिस गरिएको छ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्