Logo
१३ बैशाख २०८१, बिहीबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा गाडीको ठक्करबाट ३८ वर्षीय चौधरीको मृत्यु

दाङ : गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्