Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीका ७६ वर्षिय एक जेष्ट नागरिक १५ दिनदेखि धर्नामा, सरोकारवाला मौन

सर्लाही : सर्लाही स्थित बरहथवा घर भई लामो समयदेखि अध्ययपन पेशामा आवद्ध एक ७६ वर्षिय जेष्ट नागरिक पछिल्लो १५ दिनदेखि धर्नामा बसिरहेको भएता पनि सरोकारवाला निकय भने मौन रहेका छन् । काठमाण्डौ स्थित त्रिभुवन विश्व बिद्यालय पुलचौक इन्जिरिङ्ग क्याम्पसका अवकास प्राप्त अध्यपक समेत रहेका विश्वनाथ सिंहा न्यायका लागि भन्दै सर्लाही स्थित बागमती र बरहथवा गरि २ नगरपालिका विरुद्ध धर्नामा रहेका हुन् ।

२ नगरपालिकाको सिमाना विवादका कारण आफ्नो जग्गा आवश्यक भन्दा बढी मिचिएको भन्दै सिंहाले यस विरुद्ध धर्ना नै बसेका हुन् । द्धन्द्धकालदेखि नै जानी-जानी आफ्नो जग्गा मिचिने कार्य भइरहेको भन्दै उनले त्यस विरुद्ध धर्ना नै बसेका उनले बताए ।

‘ममाथी अन्याय भएको छ, मेरो जग्गा जानी-जानी मिचिने कार्य भइरहेको छ, यसलाई रोक्न माग गार्दा हक्का हक्की पैसा माग्छन् तर मेरो आत्माले त्यस्तो घुष दिने कार्य नगर्न भन्छ, जस्को कारण अहिलेसम्म ममाथी अन्याय हुँदै आएको छ’ उनले नागरिक टाइम्ससं भने २०२२ सालदेखि अनावरत रुपमा अध्यापन कार्यमा सक्रिय छु, मेरा हजारौं बिद्यर्थीहरु ठूला-ठूला इन्जिनियर भइसकेका छन् तर अवस्था यस्तो आएको छ की, मेलै न्यायका लागि धर्ना नै बस्नु परेको छ ।’

देव गुरुङ्ग, पप्फा भूसाल लगायतका नेताहरु पनि मेरा बिद्यार्थी हुन्’ उनले भने ‘राजनीति दाउपेच यस्तो सक्रिय भएको छ की समान्य न्याय माग्न समेत हक्काहक्की पैसा चाहिने भएको छ ।’ ‘दुवै नागरपालिको कार्यालय धाउदा-धाउदा दिक्क भइसँके, कुनै सिप नलागेपछि यसरी धर्नामा बस्न बाध्य भएको छु’ उनले भने ।

‘२ वटै नगरपालिकाका मेयर समेत कयौं पदाधिकारीकोमा पुग्दा-पुग्दा दिक्क लागिसकेको छ’ उनले भने ‘मैले न्याय पाउनुपर्छ, मलाई विश्वास छ, यो मिडिया मार्फत मेरो कुरा सरोकारवाला समक्ष पुग्नेछ’ । बिभिन्न राजनीतिक दलका नेता समेत कयौ किसिमका अधिकारी समक्ष पुगेपनि कहिबाट आफूले न्याय नपाएको उनले गुनासो गरे ।

को हुनू सिंहा ? 

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्